११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नेकपा–राजपा सहमति तरंग: संघीय र प्रदेश २ सरकारको समीकरण बदलिने सम्भावना

नेकपा–राजपा सहमति तरंग: संघीय र प्रदेश २ सरकारको समीकरण बदलिने सम्भावना
अ अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुई बुँदे सहमति भएसँगै संघीय सरकार र प्रदेश २ सरकारको समीकरण बदलिने सम्भावना बढेको छ । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने, नेकपा र राजपा नेपालबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने तथा सहकार्यको प्रक्रियालाई अघि बढाउने दुई पार्टीबीचको सहमतिसँगै संघीय सरकार र प्रदेश सरकारमा फेरबदलको संकेत देखिएको हो ।

यससँगै नेपाली राजनीतिले नयाँ मोड लिन सक्ने सम्भावनासमेत देखिएको छ । नेकपा र राजपाबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटार भएको दुई बुँदे सहमति सार्वजनिक भए पनि सोही अवसरमै संघीय सरकारमा राजपा सहभागी हुने र प्रदेश २ मा नेकपा र राजपाको सहकार्यमा नयाँ सरकार गठन गर्ने बारेमा समेत अनौपचारिक सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सहभागितामा भएको छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा नयाँ सरकार गठनको प्रस्ताव गरेका हुन् ।

छलफलमा अध्यक्ष दाहालले प्रदेश २ मा नेकपा र राजपाको सरकार गठन गर्ने प्रस्ताव गरेपछि राजपा नेपालका संयोजक राजेन्द्र महतोले मुसुक्क हाँस्दै सहमति जनाएका थिए । अध्यक्ष दाहालले मुख्यमन्त्रीसहित प्रदेश २ सरकारको नेतृत्व राजपाले गर्ने र नेकपाले त्यसमा सहयोग गर्दै सहभागी हुने प्रस्ताव गरेको नेकपा स्रोतले जनाएको छ । ‘अब राष्ट्रिय सभा निर्वाचन वा संघीय सरकार मात्र नभई प्रदेश २ मा पनि मिलेर हामी सरकार गठन गरौं,’ नेकपा स्रोतले दाहालको भनाइ उद्धृत गर्दै भन्यो, ‘राष्ट्रिय आवश्यकता र समृद्धिका लागि हामी मिलेर जानुको विकल्प छैन ।’

अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेपछि छलफलमा सहभागी राजपा अध्यक्ष मण्डलका संयोजक महतोले मुसुक्क हाँस्दै छलफललाई निरन्तरता दिनुपर्ने भन्दै सहमति जनाएको राजपा स्रोतले जनाएको छ । छलफलमा राजपा संयोजक महतोले सांसद रेशम चौधरीको रिहाइमा सरकारले सहयोग गरे आगामी दिनमा सहकार्यको वातावरण बन्दै जाने बताए । छलफलमा नेकपा अध्यक्षद्वय ओली, दाहालका साथै सचिवालय सदस्य एवं उपप्रधान, रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ थिए ।

राजपाका तर्फबाट संयोजक महतोका साथै अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र राजकिशोर यादव छलफलमा सहभागी थिए । नेकपा र राजपाबीच एक महिनादेखि नै विभिन्न विषयमा सहमतिको प्रयास जारी थियो । प्रधानमन्त्री ओलीको गोप्य र विशेष निर्देशनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको सक्रियता एवं निरन्तरको प्रयासपछि बुधबार दुई दलबीच दुई बुँदे सहमति भएको हो ।

दुई बुँदे लिखित सहमतिसँगै संघीय सरकारमा राजपा सहभागी हुने र प्रदेश २ मा नेकपा तथा राजपाको सरकार गठन गर्ने अलिखित सहमति भएको स्रोतको दाबी छ । विगत एक महिनादेखि मन्त्री बाँस्कोटा राजपाका नेतासँग निरन्तर छलफल एवं वार्तामा थिए । राजपा नेपालका पूर्वसंयोजक महन्थ ठाकुर, राजकिशोर यादव, शरतसिंह भण्डारीलगायतका नेतासँग मन्त्री बाँस्कोटाले छलफल गरेका थिए । पछिल्लो समय चक्रीय प्रणालीअनुसार संयोजक भएका महतोसँग छलफल गर्दै अगाडि बढ्ने क्रममा सहमति जुटेको स्रोतको दाबी छ ।

संघीय सरकारमा राजपालाई ल्याउन सुरु भएको छलफल अन्ततः राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने सहमतिसँगै संघीय सरकारमा सहभागी हुने र प्रदेश २ सरकार गठन गर्ने विषयमा समेत आन्तरिक सहमति जुटेको बताइएको छ । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संघीय सरकारमा राजपा नेपाल सहभागी हुने संकेत गरेका छन् । बदलिँदो राजनीतिक परिदृश्य र मुलुकको आवश्यकतालाई पूरा गर्न सहकार्य हुन सक्ने उनले बताए ।

‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन, हामी बहुमतका लागि नभई मुलुकको आवश्यकता र बदलिँदो राजनीतिक समीकरणअनुसार आए ठीकै छ,’ बाँस्कोटाले भने, ‘ऊ (राजपा) आए हामी दुई–तीन जना खुसी हुँदै मन्त्री छोड्छौं, अहिलेको अवस्थामा असम्भव भन्ने कुरा हुँदैन ।’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाकै पहलमा नेकपा र राजपाबीच सहमति भएको र राजपा संघीय सरकारमा आउन सक्ने संकेत गर्नुले समाजवादी पार्टी सरकारबाट बाहिरिने सम्भावना पनि त्यत्तिकै बढ्दै गएको देखिन्छ ।

नेकपा र राजपाबीच भएको सहमतिसँगै संघीय सरकारबाट समाजवादी पार्टी बाहिरिने प्रायः निश्चित छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै राजपा संघीय सरकारमा सहभागी हुनेछ ।समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा कानुन मन्त्री बंगलादेशको भ्रमणमा छन् ।भ्रमणमा जानुअघि उनले राष्ट्रिय सभा निर्वाचनमा नेकपा र समाजवादीबीच सहकार्य गर्दै अगाडि बढ्ने मौखिक सहमति नेकपा अध्यक्ष दाहालसँग गरेका थिए ।

तर, यादव बंगलादेश निस्कनासाथ नेकपाले राजपासँग राष्ट्रिय सभा निर्वाचनसँगै अगामी दिनमा समेत सहकार्य गर्ने सहमति गरेपछि राजनीतिक समीकरण परिवर्तन हुन सक्ने संकेत देखिएको हो । तर, समाजवादी पार्टीका महासचिव रामसहाय यादवले पार्टी संघीय सरकारबाट नबाहिरिने बताए । अहिले पार्टीले सरकार छोड्ने कुनै निर्णय नगरेकाले सरकार छोड्ने कुरा सत्य नभएको उनले बताए । तर, नेकपा र राजपाबीचको सहमतिले समाजवादीलाई झस्काएको उनले बताए । राजधानी दैनिकबाट