११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नेकपा स्थायी कमिटी बैठक: ‘सरकारको समीक्षा गरौँ’

नेकपा स्थायी कमिटी बैठक: ‘सरकारको समीक्षा गरौँ’
अ अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारको समीक्षाको आवाज उठेको छ । आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीयसहित ६ वटै प्रदेशका सरकारको समीक्षा गर्नपर्ने आवाज स्थायी कमिटी बैठकमा उठेको हो । पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतले सरकारको समीक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् । नेता नेपालले सरकारले जनताको पक्षमा कुराहरू गरेपनि त्यसलाई व्यहारमा उर्तान नसक्दा जनतामा नैराश्यता छाउन थालेको बताए ।

‘सरकारले केही दीर्घकालीन महत्वका काम गरेको छ तर जनताको मन जित्न सकेको छैन’ नेता नेपालले बैठकमा भने, ‘जनताको मन जित्न जनताको मन छुने काम अब गर्नुपर्यो ।’ उनले दीर्घकालीन महत्वका कार्यक्रमका साथसाथै जनताका तत्कालीन आवश्यकता पूरा गर्ने र जनताको मन जित्ने काम गर्न ध्यानाकर्षण गराए । ‘सरकारको कामबाट जनता किन खुसी छैनन् भन्ने कुराको समीक्षा गरेर उनीहरूको मन जित्ने काम गरेमात्र पार्टीप्रतिको आकर्षण बढ्छ’ नेता नेपालले बैठकमा भने ।

वरिष्ठ नेता नेपालले पार्टीलाई विधिसम्मत चलाउन नसकेको भन्दै पार्टी नेतृत्वको कडा आलोचना पनि गरेका छन् । उनले सरकारले महत्वपूर्ण काम गरेपनि जनताको मन जित्न नसकेको टिप्पणी गरे । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि बिहीबार आफ्नो भनाइ राख्दै नेता नेपालले नेतृत्वको कडा आलोचना गरेका हुन् । ‘पार्टीलाई विधि र पद्धतिमा चलाउने काम भएन, मनपरेका व्यक्तिलाई जिम्मेवारी दिने तर सक्षम र इमान्दार कार्यकर्तालाई भेदभाव गर्ने गरिएको छ’ नेता नेपालको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘मापदण्ड बनाएर काम गरेको भए पार्टी एकीकरणको काम तीन महिनामा सम्पन्न भइसक्थ्यो ।’

पार्टी सामूहिक नेतृत्वमा चल्नु पर्नेमा व्यक्ति केन्द्रित भएको भन्दै उनले नेतृत्वको आलोचना गरे । ‘व्यक्ति टिप्ने र आफ्ना मान्छेलाई मात्र जिम्मेवारी दिने निर्णयले गर्दा पार्टीमा अन्तरविरोध बढेर गएको छ । यसले पार्टीलाई क्षति गरेको छ’, उनले अगाडि भने, ‘मापदण्ड बनाएर काम गर्ने हो भने पोलिटब्यूरो गठन गर्न समस्या छैन ।’ उनले आफ्ना पुराना मतभेद र फरक प्रतिवेदनहरू यथावत रहेको जानकारी समेत गराए । नेता नेपालले एमसीसीका विषयमा सरकारले स्पष्ट धारणा बनाउन पनि माग गरेका छन् ।

वरिष्ठ नेता खनालले भने राजनीतिक प्रतिवेदन आधारभूत रूपमा ठीक रहेको बताएका छन् । अन्तिम वक्ताका रूपमा रहेका उनले अब समाजवादी क्रान्ति र निर्माणको नयाँ युग सुरु भएको उल्लेख गरे । यसैगरी उनले गुटबन्दी रोगबाट पार्टीलाई पूर्णरूपले मुक्त बनाउनु पर्ने बताए । नेता खनालले पनि सरकारको समीक्षा गर्नुपर्ने बेला आएको औंल्याएका छन् । उनले केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहका सरकारको समीक्षा गर्नुपर्ने बताए । उनले सबै कुरामा पार्टीले सरकारलाई नेतृत्व गर्नुपर्ने, पार्टीलाई विधि र पद्धति अनुरूप चलाउनु पर्ने, विधानलाई सबैले पालना गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन मूलतः सही भएको र यो पार्टी निर्माण र सामाजिक आर्थिक रूपान्तरणको प्रस्थानविन्दु बन्न सक्ने बताएका छन् । तर, अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी अंश पूरै पुनर्लेखन गर्नुपर्ने धारणा राखेका छन् । उनले चुनावमात्र जित्ने अभियानमा पार्टी लाग्न नहुने भन्दै यो विचार त्याग नगरे नेकपा ठूलो कांग्रेसमात्र बन्ने बताए । राष्ट्रिय राजनीतिको सन्दर्भमा प्रमुख प्रतिपक्षीका भूमिका र उग्रवामपन्थी शक्तिबारे प्रतिवेदनमा उल्लेख गर्नुपर्ने उनको सुझाव छ ।

सीमाबारे उल्लेख गरिएको खण्डमा सरकारले पहिलो पटक लिम्पियाधुरासहित कालापानी क्षेत्र नेपाली भूभाग हो भनेर भारतसामू राखेको पनि प्रतिवेदनमा समावेश गर्नुपर्ने बताए ।उपप्रधानमन्त्री एव रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनको मूलधार सही रहको भन्दै सरकार र पार्टीका विषयमा आएका एकपक्षीय कुरा सच्चाउनुपर्ने बताए । ‘सरकारको आलोचना एकपक्षीय भयो । यो सच्चाउनुपर्छ । संगठनमा पनि कमजोरी मात्रै भयो भनिएको छ । यसलाई पनि सच्चाउनुपर्छ ।’ पोखरेलको भनाइ थियो ।

उनले बीआरआई र आइपीएसबारे समकक्षी धारणा आएकोले यसलाई पनि स्पष्ट गर्न माग गरेका छन् । नेता भीम रावलले भने राष्ट्रिय जनता पार्टीसँग भएको सहमतिप्रति आपत्ति जनाएका छन् । बुधबार भएको दुई बुँदे सहमतिको कारण माग गर्दै उनले स्थायी कमिटीमा कविता नै बाचन गरेर सुनाएका थिए । आइतबारदेखि जारी स्थायी कमिटीमा महासचिव विष्णु पौडेलबाहेक सबैले आफ्नो धारणा राखिसकेका छन् । शनिबार बस्ने बैठकमा उनले धारणा राखेपछि अध्यक्षद्वयका तर्फबाट प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । सौर्य दैनिकबाट