११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भ्रमण वर्ष २०२० सफल पार्न ललितपुर महानगर जुट्यो, ई–टिकटसम्मको योजना बनाईयो

भ्रमण वर्ष २०२० सफल पार्न ललितपुर महानगर जुट्यो, ई–टिकटसम्मको योजना बनाईयो
अ अ+ अ-

ललितपुर महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न विभिन्न तयारी गरेको छ । महानगरपालिकाले भ्रमण वर्षको अवधिभर पर्यटकको सहजताका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । त्यसको लागि महानगरले छुट्टै समिति गठन गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । पर्यटकलाई लक्षित गरी पाटन दरबार क्षेत्रको इ–टिकेटिङ, रात्रिकालीन भ्रमण, सूचना केन्द्रको स्थापना, श्रव्यदृश्यबाट कथा देखाउने, सम्पदा यात्रा, मच्छिन्द्रनाथको टे«ल, मल्लकालीन सांगीतिक कन्सर्ट, सेभेन डेज इन पाटन, २२ विहारको भ्रमणलगायतका कार्यक्रम महानगरले बनाएको छ ।

भ्रमण वर्षको अवधिमा पर्यटकलाई १० देखि १५ प्रतिशत छुटको व्यवस्था गरिने महानगरपालिकाकाले गठन गरेको भ्रमण वर्ष तयारी समितिका संयोजक एवं महानगरका सल्लाहकार दिलेन्द्रराज श्रेष्ठले जानकारी दिए । ‘भ्रमण वर्षमा पर्यटकको सुरक्षादेखि बसाइलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम बनाएका छौँ,’ श्रेष्ठले भने, ‘पर्यटकको बसाइलाई सुव्यवस्थित बनाउनेदेखि यहाँका मौलिक कला, संस्कृति, इतिहास, मौलिक खाना साथै सम्पदाको जानकारी दिने योजना हाम्रो छ ।’

त्यसका लागि वडा, भ्रमण वर्ष सचिवालय, स्थानीय पर्यटन व्यवसायी सबैसँग सहकार्य गर्ने योजना महानगरपालिकाले बनाएको छ । भ्रमण वर्ष सफल पार्न महानगरका २९ वटै वडाले सहकार्य गर्ने भएका छन् । ‘एउटा वडाले दुई हप्तासम्म पर्यटकको व्यवस्थापनको जिम्मा लिने गरी कामको योजना बनाएका छौँ,’ संयोजक श्रेष्ठले भने, ‘सबै वडा कार्यालयको सहकार्यमा हामी भ्रमण वर्षलाई सफल पार्ने तयारीमा छौँ ।’

पर्यटकको सुविधाका लागि स्थानीय गाइडहरूलाई तालिम प्रदान गर्ने तयारी महानगरपालिकाको छ । तालिममा गाइडहरूलाई विशेषगरी आचारसंहितासँग सम्बन्धित कुरा सिकाइनेछ । त्यस्तै, भ्रमण वर्षको अवधिमा कम्तीमा दुईपटक नेपालस्थित विभिन्न कूटनीतिक नियोगका अधिकारीहरूको भ्रमण गराउने योजना पनि बनाइएको श्रेष्ठले जानकारी दिए ।

पाटन क्षेत्र रातभर झलमल्ल हुने: पर्यटन वर्ष सचिवालयसँको सहकार्यमा पाटन दरबार परिसरलाई रातभर नै झलमल्ल पार्ने योजना महानगरपालिकाले बनाएको छ । पर्यटकलाई रात्रिकालीन भ्रमण गराउने उद्देश्यले यस्तो योजना बनाइएको महानगरपालिकाले जनाएको छ । ‘राति उज्यालोको पर्याप्त व्यवस्था नहुँदा पाटन दरबार परिसर सुन्दर देखिँदैन, त्यसैले रातभर बजुली बत्तीको व्यवस्था गरेर पर्यटकलाई आकर्षित र आनन्दित गर्नेछौँ,’ श्रेष्ठले भने । भ्रमण वर्षलाई मध्यनजर गर्दै महानगर र पर्यटन वर्षको सचिवालयले करिब ७ करोड लागतमा ललितपुर क्षेत्रमा रात्रिकालीन बिजुली बत्ती जडानको तयारी अघि बढाएको छ ।

‘साउन्ड एन्ड लाइट’मार्फत कला देखाइने:ललितपुर महानगरले नेपालमै पहिलो पटक ‘साउन्ड एन्ड लाइट’ को माध्यमबाट महानगरभित्रको कला प्रस्तुत गर्ने भएको छ । पाटन दरबारअगाडिको भित्तामा लाइट र साउन्डको माध्यमबाट ललितपुरको कथा प्रस्तुत गर्न लागिएको श्रेष्ठले बताए । त्यसमा मञ्जुश्रीको कथादेखि महानगरभित्रका कला, संंस्कृति, परम्परालगायतका विषय समेटिनेछन् । भारतबाट प्राविधिक टोली आएर लाइट एन्ड साउन्ड सिस्टम सञ्चालन गर्ने क्षेत्रको निरीक्षणसमेत गरिसकेको छ ।

पर्यटकलाई विद्युतीय बसमा निःशुल्क यात्रा:भ्रमण वर्षलाई लक्षित गरी ललितपुर महानगरपालिकाले आउँदो वैशाखसम्ममा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि महानगरले साझा सहकारीसँग सहकार्य गरेको छ । विद्युतीय बस खरिद गर्न साझालाई महानगरले २ करोड ५० लाख रकम निकासासमेत गरिसकेको छ ।

आठदेखि दशवटासम्म विद्युतीय बस सञ्चालन गर्ने योजना महानगरको छ । आठसिटे बसमा बृद्ध, अशक्तलगायतका पर्यटकलाई निःशुल्क यात्रा गराइने श्रेष्ठले बताए । त्यसैगरी भ्रमण वर्ष अवधिभर महानगर क्षेत्रका होटेलमा पर्यटकलाई १० देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिनेछ । त्यसका लागि होटेल व्यवसायीसँग महानगरपालिकाले छलफल गरिरहेको छ । नयाँ पत्रिका दैनिकबाट