६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
अ+ अ-

काठमाडौं ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ ।

पश्चिम नेपालकै सबैभन्दा धेरै बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालको ११६औँ स्थापना दिवसमा एमआरआई सेवा सुरुआत गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानीमा एमआरआई  मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो ।

सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको छ । एमआरआई सेवाको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो ।

उहाँले लुम्बिनी प्रादेशिक अस्पतालका सेवा थप प्रभावकारी बनाउन प्रतिष्ठानका रूपमा विकास गर्ने गरी पहल भइरहेको बताउनुभयो । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उहाँले स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले नमूना अस्पतालका रूपमा विकास गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएको जानकारी दिनुभयो ।

प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सस्तो र सुलभ गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताउनुभयो । एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढङ्गले सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

एक हजार २०० शय्याको अस्पताल निर्माणको काम अघि बढेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले विगत २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको र तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेगरी काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, अस्पतालका प्रमुख प्रशासक प्रेमराज गौतमलगायतले अस्पतालको सेवा प्रभावकारी बनाउन सबैको समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा अस्पतालका सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी दिनुभएको थियो । सो अवसरमा अवकाशप्राप्त कर्मचारीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।