११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अब लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट, १ सय १४ वटा बीओपी स्थापना

अब लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट, १ सय १४ वटा बीओपी स्थापना
अ अ+ अ-

काठमाडौं । सरकारले सीमा क्षेत्रको अपराध नियन्त्रण तथा सुरक्षालाई ध्यानमा राखेर भारत र चीनसँगका सीमा क्षेत्रमा १ सय १४ वटा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्ने भएको छ । सशस्त्र प्रहरीले थप बीओपीका लागि सरकारसमक्ष प्रस्ताव लगेकोमा सरकारले सो प्रस्ताव स्वीकृत गर्दै दुवै छिमेकी देशतर्फको सीमामा गरी १ सय १४ बीओपी थप्ने निर्णय गरेको हो । सरकारले हालै सीमा विवाद भएको कालापानी र लिम्पियाधुरासहित भारततर्फ १ सय १० र चीनतर्फका चार गरी १ सय १४ स्थानमा बीओपी थप्ने भएको हो ।

सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल भारत र नेपाल चीन दुवैतर्फका सीमा क्षेत्रमा गरी १ सय १४ वटा बीओपी थप्ने निर्णय भएको जानकारी दिए । हालसम्म सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १ सय ७ वटा बीओपी छन् । अब थप हुने १ सय १४ बीओपीसहित नेपालतर्फको सशस्त्र प्रहरीको बीओपीको संख्या २ सय २१ पुग्नेछ । चीनतर्फ दार्चुलाको लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथांकामा बीओपी स्थापना हुनेछ ।

यसअघि चीनसँगको सीमा क्षेत्रमा स्थायी बीओपी राखिएको थिएन । स्थायी बीओपी नराखे पनि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र मुस्ताङको कोरला नाकाको सुरक्षामा जिल्लाबाटै सशस्त्र प्रहरी खटाइँदै आइएको छ । सरकारले तत्कालका लागि औद्योगिक क्षेत्र, भन्सार तथा राजस्वमा खटाइएका जनशक्तिबाट नै कटौती गरेर थप हुने बीओपीका लागि जनशक्ति पठाउने तयारी गरेको हो । थप भएका बीओपीमा मात्रै झन्डै ४ हजार जनशक्ति आवश्यक पर्ने र तत्कालका लागि भएको जनशक्तिबाट व्यवस्थापन गर्ने गरी काम भइरहेको सशस्त्र प्रहरीका डीआईजी एवं प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिए ।

थप हुने बीओपीमा पनि प्रत्येक बीओपी बराबर ३५ जनाका दरले जनशक्ति रहने डीआइजी श्रेष्ठले जानकारी दिएका हुन् । प्रत्येक बीओपी प्रहरी निरीक्षकको नेतृत्वमा रहनेछ । गृह मन्त्रालयले समेत भारत र चीनसँगका सीमा क्षेत्रमा नयाँ जनशक्ति पदपूर्ति गरेर जनशक्ति व्यवस्थापन गर्न तत्काल सम्भव नभएका कारण थप बीओपीमा खटाइने जनशक्तिलाई भन्सार, गण, गुल्म, बाहिनी तथा हेडक्वार्टरमा खटाइएका मध्येबाट कटौती गरेर व्यवस्थापन गरिने बताउँदै आएको छ।

सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी हालसम्म १८ देखि २० किमिमा छ  । थप बीओपी स्थापना हुँदा हालको दूरी समेत आधा कम हुनेछ । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि सीमा जोडिएको छ । हालसम्म सबै बीओपीमा गरी सशस्त्र प्रहरीको ३ हजार ७ सय ४५ जनशक्ति सीमा सुरक्षामा खटिएका छन् । हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार १ सय १७ छ । राजधानी दैनिकबाट