६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ

राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
अ+ अ-

राष्ट्रिय किताबखानाले एकीकृत ‘डिजिटल’ निवृत्तभरण (पेन्सन) सेवा सुरु गरेको छ ।

राष्ट्रिय किताबखानाले आज यहाँ औपचारिक कार्यक्रम आयोजना गरी निवृत्तभरणका सबै काम डिजिटल प्रणालीबाट हुने गरी सेवाको शुभारम्भ गरेको हो ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अबदेखि राजीनामा वा अनिवार्य अवकाशमा जाने कर्मचारीले आफूले पाउने निवृत्तभरण, उपदानलगायतका सेवाका लागि राष्ट्रिय किताबखाना धाइरहनु पर्दैन ।

“राष्ट्रिय किताबखानाले आफ्नो मुख्य सेवालाई डिजिटल रुपान्तरणको माध्यमवाट विद्युतीय तहमा स्तरोन्नति गरेको छ, हाम्रो सबै सेवा सेवाग्राहीको भौतिक उपस्थितिविना नै हुन्छ,” महानिर्देशक पोखरेलले भने।

उनका अनुसार प्रारम्भमा ७७ वटै जिल्लामा एकीकृत डिजिटल निवृत्तभरण सेवाका लागि सहजकर्ता निकायको भूमिका कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्नेछ । यसका लागि राष्ट्रिय किताबखानाले सञ्चालन गरिरहेको एकीकृत डिजिटल निवृत्तभरण प्रणालीको पहुँच जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयलाई प्रदान गरिएको उनले जानकारी दिए ।

सेवाको गुणस्तरीयता र दिगोपना सुनिश्चित भएपछि कर्मचारी निवृत्त हुने सम्बन्धित सबै कार्यालयलाई उपलब्ध गराइने महानिर्देशक पोखरेलले जानकारी दिए ।

“राष्ट्रिय किताबखानाले प्रयोगमा ल्याएको यस प्रणालीमार्फत सम्बन्धित जिल्लावाट आवेदन दिन सकिने व्यवस्था छ, आवेदन दिने कर्मचारीको सम्बन्धित विवरण राष्ट्रिय किताबखानाको प्रणालीमा सिधै देखिने व्यवस्था मिलाइएको छ ।

किताबखानाले ‘अनलाइन’ प्रणालीमार्फत प्राप्त विवरण आफ्नो विवरणसँग प्रमाणीकरण गरी माग गरिएको सेवा स्वीकृत गर्दछ । स्वीकृत भएका सेवा अनलाइन प्रमाणीकरणमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र निवृत्तभरण व्यवस्थापन कार्यालयमा अनलाइन प्रणालीबाटै गएपछि सरोकारवाला कर्मचारीले जिल्लाबाटै सेवा पाउने अवस्था सुनिश्चित हुन्छ,” उनले भने ।

कुनै कार्यालय प्रमुखले आफ्नो कार्यालयबाट अवकाश वा राजीनामा स्वीकृत गराई निवृत्त हुन लागेका कर्मचारीलाइ कार्यालयवाटै डिजिटल माध्यमबाट निवृत्तभरण सेवा दिने सकारात्मक सोच राखी विभागलाई अनुरोध गरेमा मागमा आधारित रहेर प्रणालीको पहुँच उपलब्ध गराउन सकिने सुविधा रहेको उनले जानकारी दिए ।

राष्ट्रिय किताबखानाले आजदेखि सुरु गरेको यस प्रणालीमा निवृत्तभरण अधिकारपत्र, उपदान रकम निर्धारणको किटानीपत्र, सञ्चित घर बिदा तथा बिरामी बिदाबापत पाउने सुविधाको किटानीपत्र, औषधि उपचार सुविधाको किटानीपत्र, रोजेको बैङ्कमा सोझै निवृत्तभरण खाता खुल्ने सुविधा समावेश गरिएको जानकारी दिइएको छ ।

राष्ट्रिय किताबखानाले निकट भविष्यमा नै निवृत्तभरण अधिकारपत्र र निवृत्त कर्मचारी परिचयपत्रलाई नागरिक ‘एप’मार्फत देख्न र ‘प्रिन्ट’ सकिने सुविधा विस्तार गर्ने महानिर्देशक पोखरेलले जानकारी दिए ।