६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

यौन हिंसामा पीडितका लागि विश्वमै उदाहरणीय कानुनी नजिर स्थापितः सपना प्रधान मल्ल

यौन हिंसामा पीडितका लागि विश्वमै उदाहरणीय कानुनी नजिर स्थापितः सपना प्रधान मल्ल
अ+ अ-

काठमाडाैँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यौनजन्य हिंसामा परेका महिला तथा बालिकाहरूको न्याय सुनिश्चित गर्न अदालतले विश्वमै उदाहरणीय र नयाँ कानुनी नजिरहरू स्थापित गरेको बताएकी छन् ।

शुक्रवार भक्तपुरमा आयोजित कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यौन हिंसासम्बन्धी मुद्दामा न्याय प्रणालीले महत्त्वपूर्ण रूपान्तरण गरेको उल्लेख गरिन् । उनका अनुसार पहिले बलात्कारका घटनामा घटनास्थल (लोकेशन) स्पष्ट रूपमा उल्लेख गर्न नसकेको आधारमा पीडितले न्याय नपाउने अवस्था रहँदै आएको थियो, तर अदालतले त्यस अवस्थाको अन्त्य गर्दै नयाँ सिद्धान्त विकास गरेको हो ।

न्यायाधीश मल्लले बलात्कारका घटनामा अपराध भएको स्थान मात्रलाई आधार बनाएर न्याय प्रक्रियालाई सीमित गर्न नहुने भन्दै “महिलाको शरीर आफैँमा हिंसाको स्थल वा वारदात स्थल हो” भन्ने सिद्धान्त स्थापित गरिएको जानकारी दिइन् । उनले यसले पीडितको न्यायमा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्  ।

उनले अनुसन्धान प्रणालीमा रहेका कमजोरीप्रति पनि गम्भीर चासो व्यक्त गरिन् । पीडितले मुखमा बलात्कार भएको स्पष्ट बयान दिँदा पनि कतिपय अवस्थामा गलत रूपमा योनिको परीक्षणका लागि पठाइने जस्ता त्रुटिपूर्ण अभ्यासले न्याय प्रक्रियामा बाधा पुर्‍याउने गरेको उनको  भनाइ थियो । यस्ता संवेदनशील मुद्दामा अनुसन्धान र फरेन्सिक प्रणालीबिच समन्वय र सचेतना आवश्यक रहेको उनले जोड दिइन्  ।

न्यायाधीश मल्लले पीडितका बयानमा देखिने विरोधाभाषलाई पनि गम्भीर रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै त्यसलाई “रेप ट्रमा सिन्ड्रोम” का रूपमा स्वीकार गर्ने कानुनी दृष्टिकोण विकसित भएको बताइन्  । यसले पीडितको मानसिक अवस्थालाई बुझ्दै न्याय सुनिश्चित गर्न सहयोग पुगेको उनको भनाइ थियो ।

उनले यौनजन्य हिंसामा परेका महिला तथा बालिकाहरूको न्यायका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्  ।