५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति थापाको राजीनामाबारे नेता केसी भन्छन्ः पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन



file photo
अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गर्नु गलत हुने बताएका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्। केसीले पार्टी सभापति गगनकुमार थापाको राजीनामा गलत भएको टिप्पणी गर्दै अहिलेको अवस्थामा नेतृत्वले जिम्मेवारी छोड्नु उपयुक्त नहुने बताए ।

उनले पार्टी र मुलुक बदल्ने प्रतिबद्धतासहित मैदानमा आएको नेतृत्वले बीचमै जिम्मेवारी छोड्न नहुने तर्क गरे । साथै उनले निर्वाचनको परिणामबाट आत्तिन नहुने भन्दै पार्टी कार्यकर्तालाई संयम रहन आग्रह गरे।

केसीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि सकारात्मक धारणा व्यक्त गर्दै स्थिरता, समृद्धि र विकासका लागि काम गर्न आग्रह गरे। लोकतन्त्रको संरक्षणमा कांग्रेसले आवश्यक सहयोग गर्ने उनकाे भनाइ थियो ।

उनले पार्टीका दीर्घकालीन समस्या रातारात समाधान हुन नसक्ने उल्लेख गर्दै ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने बताए ।उनले थापाको नेतृत्वको आवश्यकता अझै रहेको पनि स्पष्ट पारे ।

उनले भने, “हारबाट आत्तिनुपर्ने अवस्था छैन । जनमत प्राप्त गरेर आएका साथीहरूलाई शुभेच्छा छ । स्थिरता, समृद्धि र विकास दिनुहोस्, लोकतन्त्रको संरक्षणमा जहाँ आवश्यक हुन्छ हामी साथमा छौँ । एक चुनावको हार–जितबाट नेतृत्वको मूल्याङ्कन गर्नु गलत हुन्छ । ५० दिनमै वर्षौँदेखि थुप्रिएका समस्या समाधान हुन सक्दैनन् । म गगनजीले राजीनामा गर्नु उचित ठान्दिनँ । ठूलो जिम्मेवारीमा आएको नेतृत्वले बीचमै छोड्नु मिल्दैन ।”

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सभापति थापाको राजीनामा र प्रतिनिधिसभा निर्वाचन परिणामबारे छलफल भइरहेको छ ।