६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो, सिद्धनाथ मन्दिरमा बढ्यो चहलपहल

कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो, सिद्धनाथ मन्दिरमा बढ्यो चहलपहल
अ+ अ-

काठमाडाैँ । कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको ठूलो भीड देखिएको छ। भारतको उत्तराखण्ड राज्यअन्तर्गत चम्पावत जिल्लास्थित चुरे पहाड शृङ्खलामा रहेको पूर्णागिरि माता मन्दिरको दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिरमा पूजा आराधना गरेपछि मात्र मनोकामना पूरा हुने भन्ने धार्मिक विश्वासका कारण यहाँ दर्शनार्थीको भीड बढेको हो।

फागु पूर्णिमादेखि सुरु भएको पूर्णागिरि मेलाका कारण यस क्षेत्रको धार्मिक आवागमन बढे पनि आज बिहानदेखि विशेषगरी भारतीय दर्शनार्थीको उपस्थिति अत्यधिक भएको छ। भीड बढेपछि मन्दिर आसपासको क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र भीमदत्त नगरपालिकाको नगर प्रहरी परिचालन गरिएको छ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लका अनुसार पूर्णागिरि मन्दिरको दर्शनपछि सिद्धनाथ मन्दिर पुग्नुपर्ने मान्यताका कारण हजारौँ दर्शनार्थी यहाँ आउने गर्छन्। उनले दर्शनार्थीका लागि मन्दिर नजिकै भण्डाराको व्यवस्था गरिएको बताए । उनका अनुसार भीडसँगै महेन्द्रनगर, ब्रह्मदेव र गड्डाचौकी क्षेत्रमा चहलपहल उल्लेख्य रूपमा बढेको छ भने पार्किङ व्यवस्थापनका प्रयास पनि गरिएको छ।

यसैबीच ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकले नवरात्राका समयमा दैनिक हजारौँ दर्शनार्थी मन्दिरमा आउने गरेको जानकारी दिए । उनका अनुसार फागु पूर्णिमादेखि असारसम्म चल्ने पूर्णागिरि मेलाको अवधिमा मात्र तीन महिनामा एक लाखभन्दा बढी दर्शनार्थी सिद्धनाथ मन्दिर दर्शनका लागि आउने गरेका छन्।

यद्यपि धार्मिक भीडले बजार क्षेत्रमा चहलपहल बढाए पनि पहिलेको तुलनामा व्यापारमा अपेक्षित सुधार नभएको व्यवसायीहरूको भनाइ छ। अध्यक्ष नायकका अनुसार होटल तथा यातायात व्यवसाय भने यस अवधिमा राम्रो चल्ने गरेको छ।

महेन्द्रनगरका अग्रज व्यवसायी प्रमोद जजोदियाका अनुसार विगत एक दशकदेखि नवरात्रिका समयमा दर्शनार्थीका लागि निःशुल्क भोजनको व्यवस्था गरिँदै आएको छ। उनले दैनिक दुईदेखि तीन हजारदेखि आठ–नौ हजारसम्म दर्शनार्थीले भण्डाराबाट भोजन गर्ने गरेको जानकारी दिए। स्थानीय ३०–४० जना व्यापारीको सहकार्यमा सिद्धनाथ मन्दिर नजिकै निःशुल्क भोजनको व्यवस्थापन गरिएको उनले बताए ।

धार्मिक आस्था, भारतबाट आउने दर्शनार्थीको आगमन र स्थानीय व्यवस्थापनका कारण महेन्द्रनगर र आसपासको क्षेत्र अहिले विशेष चहलपहलपूर्ण बनेको छ।