६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दुई वर्षपछि लागत मूल्यमा पुगे चल्ला बिक्री, ह्याचरी उद्योगमा राहत

दुई वर्षपछि लागत मूल्यमा पुगे चल्ला बिक्री, ह्याचरी उद्योगमा राहत
अ+ अ-

काठमाडाैँ । चितवनमा दुई वर्षदेखि लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्न बाध्य हुँदै आएका ह्याचरी उद्योगहरूले अहिले आएर राहत महसुस गरेका छन् । हाल ब्रोइलर र लेयर्स दुवै प्रकारका चल्लाको बिक्री मूल्य लागत मूल्यको स्तरमा पुगेपछि उद्योग सञ्चालनमा सुधार देखिएको छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा रु ९० र लेयर्स चल्ला रु १६० मा बिक्री भइरहेका छन् । ब्रोइलर चल्लाको लागत मूल्य करिब रु ६५ र लेयर्सको रु १२० पर्न आउँछ । लामो समय घाटामा सञ्चालन गर्नुपरेका उद्योगहरूलाई अहिलेको मूल्यले केही राहत दिएको उनले बताए ।

यसअघि झण्डै दुई वर्षसम्म चल्ला लागतभन्दा निकै सस्तोमा बिक्री गर्नुपर्ने अवस्था रहेको थियो । कतिपय अवस्थामा ब्रोइलर चल्ला प्रतिवटा रु २५ सम्ममा बेच्नुपर्ने बाध्यता समेत रहेको उद्योगीहरूको भनाइ छ । लगातार घाटा बढेपछि केही ह्याचरीहरूले उत्पादन नै रोक्नुपर्ने अवस्था आएको थियो भने केही उद्योग अस्थायी रूपमा बन्दसमेत भएका थिए ।

अध्यक्ष लामिछानेका अनुसार उत्पादन घट्दै जाँदा बजारमा आपूर्ति कम भएको र भारततर्फबाट चल्ला आयातमा कडाइ गरिएपछि स्वदेशी उत्पादनले बजार पाउन थालेको हो । भारतमा चल्लाको मूल्य तुलनात्मक रूपमा बढी रहेको र सीमा क्षेत्रमा कडाइ भएपछि नेपाली उत्पादनले प्रतिस्पर्धात्मक लाभ पाएको उनले बताए ।

हाल करिब १०० वटा ब्रोइलर र १० वटा लेयर्स ह्याचरी सञ्चालनमा छन् । ती उद्योगबाट साप्ताहिक रूपमा लेयर्स चल्ला करिब १ लाख र ब्रोइलर चल्ला करिब ३० लाख उत्पादन भइरहेको छ । यसअघि अत्यधिक उत्पादनका बेला साप्ताहिक रूपमा ब्रोइलर चल्ला ४२ लाखभन्दा बढी र लेयर्स चल्ला करिब ३ लाख ५० हजारसम्म उत्पादन हुने गरेको थियो ।

बजारमा असन्तुलन, मूल्य गिरावट र लागतभन्दा कम मूल्यका कारण धेरै साना कुखुरापालक किसान विस्थापित भइसकेका छन् । पछिल्लो समय भने ठूला व्यावसायिक फार्महरू विस्तार हुँदै गएका छन्, जहाँ एकै किसानले सात लाखसम्म ब्रोइलर कुखुरा पालन गर्ने गरेका छन् ।

उद्योगीहरूले अवैध रूपमा हुने सीमा व्यापार नियन्त्रण भएमा स्वदेशी पोल्ट्री उद्योग थप सुदृढ हुने बताएका छन् । लामिछानेका अनुसार लामो समयदेखि उठाइँदै आएको यो विषयमा सरकारले कडाइ गर्नुपर्ने आवश्यकता छ  ।