६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

झापामा चैते धानखेती घट्ने सङ्केत, मूल्य नपाउँदा किसान निराश

झापामा चैते धानखेती घट्ने सङ्केत, मूल्य नपाउँदा किसान निराश
अ+ अ-

काठमाडाैँ । झापामा गत वर्ष यसै समयमा चैते धान रोपाइँमा किसानहरू निकै उत्साहित थिए । तर यो वर्ष भने अवस्था उल्टिएको छ । अपेक्षित मूल्य नपाउँदा झापाका किसानमा चैते धानप्रति उत्साह घट्दै गएको छ ।

अघिल्लो वर्ष चैते र बर्खे धान दुवैको मूल्य राम्रो पाएका किसानले यस वर्ष भने लागत समेत उठाउन कठिन भएको गुनासो गरेका छन् । कृषि ज्ञान केन्द्र झापाका अनुसार गत वर्ष किसानले चैते धानको मूल्य प्रतिमन रु ६ सयदेखि ७ सयसम्म पाएका थिए भने बर्खे धान प्रतिमन रु एक हजार २०० देखि एक हजार ३०० सम्म बिक्री भएको थियो । सो तुलनामा यस वर्ष मूल्य घटेपछि उत्पादन क्षेत्रमा असर देखिन थालेको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार मूल्य घटेकै कारण यस वर्ष चैते धानखेतीको क्षेत्रफल उल्लेख्य रूपमा घट्ने अनुमान गरिएको छ । उनका अनुसार गत वर्षको तुलनामा करिब १५ देखि २० प्रतिशतसम्म क्षेत्रफल घट्ने देखिएको छ ।

“गत वर्ष किसानले चैते धानको उचित मूल्य नै पाएनन्, लागत उठाउनसमेत कठिन भयो,” प्रमुख विष्टले भने। उनका अनुसार यस वर्ष तीन हजारदेखि चार हजार हेक्टरसम्म चैते धानखेती घट्न सक्ने अनुमान गरिएको छ ।

सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल रु २ हजार ८६९ तोकेको थियो । तर किसानले भने प्रतिक्विन्टल रु १ हजार ५०० देखि १ हजार ७५० सम्म मात्र मूल्य पाएको बताएका छन् ।

यसैगरी, सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य बढाए पनि किसानले त्यसको लाभ लिन नसकेको देखिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल रु ३ हजार ४६३.८१ र मध्यम धानको रु ३ हजार ६२८.३३ तोकिएको छ । अघिल्लो वर्ष यी मूल्य क्रमशः रु ३ हजार ४१० र रु ३ हजार ५८० थिए । तर बजारमा किसानले बढेको मूल्य होइन, पुरानै दर पनि नपाएको गुनासो छ ।

कृषक र सरकारबिचको मूल्य असन्तुलनका कारण बर्सेनि समस्या दोहोरिँदै आएको छ । एकातर्फ सरकारले समर्थन मूल्य बढाउँदै जाने तर अर्कोतर्फ किसानले वास्तविक बजारमा उचित मूल्य नपाउने अवस्था कायम रहँदा उत्पादनमा असर परेको देखिन्छ । उद्योगी र मिल सञ्चालकहरूले भने उद्योग सञ्चालनमै समस्या रहेको दाबी गर्दै आएका छन् ।

यसैबीच, गत आर्थिक वर्ष २०८०/८१ मा उचित मूल्य पाएपछि चैते धानखेती विस्तार भएको थियो । सो वर्ष झापामा १९ हजार ८५० हेक्टरमा चैते धानखेती गरी एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएको थियो । मूल्य राम्रो भएपछि चालु आर्थिक वर्ष २०८१/८२ मा क्षेत्रफल बढेर १९ हजार ९५० हेक्टर पुगेको र उत्पादन पनि एक लाख ६ हजार १३४ मेट्रिक टन पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषकलाई प्रविधिमा अभ्यस्त बनाउने प्रयास पनि जारी छ । कृषि ज्ञान केन्द्रले लागत घटाउन र उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रमुख विष्टका अनुसार शिवसताक्षी र गौरादहमा २४ बिघा क्षेत्रफलमा नमूना धानखेती गरिएको छ, जहाँ धान रोप्ने मेसिनको प्रयोग गरिएको छ ।

कृषि प्रविधिको प्रयोग विस्तार गरेर उत्पादन लागत घटाउने र किसानलाई कृषि पेशामा आकर्षित गर्ने लक्ष्य लिइएको उनले बताए ।