१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जानकी मन्दिरमा पूजा



अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छन् । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत जनकपुरधाम पुग्नुभएकी प्रधानमन्त्री कार्कीले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् ।

मन्दिरमा उनलाई महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्दै पुष्पमाला र प्रसाद प्रदान गरेका थिए। त्यस अवसरमा मन्दिरका पुजारीहरूले स्वस्तिवाचनसमेत गरेका थिए।

पूजाआराधनापश्चात् प्रधानमन्त्री कार्कीले मन्दिर परिसरको परिक्रमा गरी अवलोकन गर्नुका साथै यसको ऐतिहासिक तथा धार्मिक महत्वबारे आवश्यक जानकारी लिएकी थिइन् । त्यसपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनकपुरधाम आफ्नो विशुद्ध धार्मिक यात्राको गन्तव्य भएको बताइन् ।

प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले जनकपुरधामसहित देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र विकासमा सरकार प्रतिबद्ध रहेको धारणा राखिन्।

उहाँले जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको पनि उल्लेख गरिन्। साथै, अन्तरिम सरकार सुशासन, विकास र स्थायित्वलाई केन्द्रमा राखेर अघि बढिरहेको भन्दै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

यसअघि जनकपुर विमानस्थलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रमुख सचिवसहित प्रदेश तथा जिल्लास्तरीय सुरक्षा निकायका प्रमुख र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायतले प्रधानमन्त्री कार्कीको स्वागत गरेका थिए ।