६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौँ महानगरभित्र आधारभूत तह परीक्षा सुरू, १९ हजारभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौँ महानगरभित्र आधारभूत तह परीक्षा सुरू, १९ हजारभन्दा बढी विद्यार्थी सहभागी
अ+ अ-

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाभित्र शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरू भएको छ । चैत ५ गतेदेखि सुरू भएको यस परीक्षामा यस वर्ष १९ हजार ११७ जना विद्यार्थी सहभागी भएका छन् ।

महानगरपालिकाको शिक्षा विभागले परीक्षाका लागि ५७ वटा केन्द्र निर्धारण गरेको छ । जसमध्ये ४७ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको हो । गत वर्ष ५६ वटा केन्द्र कायम गरिएकोमा यस वर्ष एक केन्द्र थपिएको हो ।

विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई लक्षित गर्दै अटिजम भएका तथा लेखन सहयोगी आवश्यक पर्ने विद्यार्थीका लागि होम सेन्टरमै प्रश्नपत्र उपलब्ध गराएर परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस्तै, नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै सोही विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।

जगन्नाथ देवल माध्यमिक विद्यालय तथा बन्दी विकास आधारभूत विद्यालय कारागारभित्र सञ्चालनमा रहेका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राख्दै ती विद्यालयमै परीक्षा केन्द्र कायम गरिएको महानगरपालिकाले जनाएको छ ।

परीक्षालाई व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यका साथ संस्थागत विद्यालयहरूको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन तथा प्रमाणीकरण गरिने व्यवस्था गरिएको छ ।

परीक्षाको पहिलो दिन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, शिक्षा विभागका प्रमुख नमराज ढकाल, प्रशासन विभागका प्रमुख महेश काफ्ले लगायतको टोलीले विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेको थियो । अनुगमनपछि गुरागाईंले परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको प्रतिक्रिया दिए ।

परीक्षा समितिका अध्यक्षसमेत रहेका विभागीय प्रमुख ढकालका अनुसार यस वर्ष ४९४ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका छन् । सहभागीमध्ये १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा रहेका छन् ।

विद्यालयको प्रकृतिका आधारमा हेर्दा २ वटा कारागार र एक विशेष विद्यालयसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना तथा ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

गत वर्ष १८ हजार २९४ जना विद्यार्थी सहभागी भएकोमा यस वर्ष ८२३ जना बढी विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षा सञ्चालनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ ।