३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिचौलियाको नाममा ललितानिवासको २३ रोपनी जग्गा



अ+ अ-

बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा लैजान बिचौलियाको भूमिका खेल्ने रामकुमार सुवेदी र उनको परिवारको नाममा २३ रोपनी जग्गा भेटिएको छ । सो जग्गा खरिदमा सुवेदी परिवारको आर्थिक स्रोतको प्रहरीले खोजी सुरु गरेको छ । बिचौलिया सुवेदी र उनकी श्रीमती माधवीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । ‘त्यतिवेला पनि २३ रोपनी जग्गाको मूल्य करिब एक अर्ब देखिन्छ,’ सिआइबी स्रोतले भन्यो, ‘त्यो पैसा लगानी गर्ने हैसियत उनको छैन, केही नेताहरूले उनको नाममा जग्गा राखेको सूचनाका आधारमा छानबिन सुरु भएको हो ।’ 

ललितानिवास परिसरको जग्गा हिनामिनासम्बन्धी प्रकरणमा सिआइबीले किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । जसमा संलग्न मुख्य बिचौलिया सुवेदी र शोभाकान्त ढकालसँग प्रहरीले बयान लिइरहेको छ । सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो भने ढकाल सोहीसम्बन्धी भ्रष्टाचार मुद्दामा थुनामा रहेकामा कारागारबाट झिकाएर अनुसन्धान थालेको हो । ‘दुवै बिचौलियाको उच्च राजनीतिक कनेक्सन देखिन्छ,’ स्रोत भन्छ, ‘त्यो कनेक्सन खोज्ने प्रयास गरेका छौँ ।’ कर्मचारी मात्र होइन, मन्त्रिपरिषद्लाई समेत प्रभावमा पारी उनीहरूले आफूअनुकूल निर्णय गराएका थिए । त्यसबापत विभिन्न नेताहरूलाई जग्गा नै घुस दिएको सूचना सिआइबीको छ ।

उच्चपदस्थलाई मुद्दा नचलाउन सिआइबीमाथि सरकारकै दबाब
बालुवाटार जग्गा हिनामिना प्रकरणमा उच्चपदस्थलाई मुद्दा नचलाउन सिआइबीमाथि सरकारकै दबाब छ । यो मुद्दाका अनुसन्धान गर्न सिआइबीमाथि करिब दुई साताको मात्र समय बाँकी छ । हदम्यादसम्बन्धी प्रावधानका कारण २७ पुसभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । सिआइबीको यसअघिको अनुसन्धानमा करिब चार सयजनाको संलग्नता देखिएपछि हालसम्म दुईजनालाई मात्र सिआइबीले पक्राउ गरेको छ । दुईजना पक्राउ परेसँगै अन्यलाई भाग्न सहज भएको छ । जसकारण मुद्दा कमजोर बन्ने सम्भावना देखिएको स्रोत बताउँछ ।

सिआइबीले चारवटा मुद्दा चलाउने तयारी गरेको छ । चारवटै मुद्दामा बिचौलियाद्वय सुवेदी र ढकालको संलग्नता देखिएको छ । किर्ते कागज बनाउन संलग्नविरुद्ध मात्र मुद्दा चलाएर उच्चपदस्थलाई जोगाउने गरी अभियोजन हुने सम्भावना देखिएको स्रोत बताउँछ । चारपटक गरेर बालुवाटारको एक सय ४२ रोपनी जग्गा हिनामिना भएको थियो । जुन जग्गा अझै सरकारको नाममा आउन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन वर्षअघि नै यस प्रकरणमा मुद्दा दायर गरिसकेको छ । 

(नयाँपत्रिका दैनिकमा समाचार छ)