१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न सर्वोच्चको आदेश



फाइल फोटो
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयबाट भएका निर्णय र सम्बन्धित कागजातहरू पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यसअघि भएका निर्णय तथा अभिलेख स्पष्ट रूपमा पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई निर्देशन दिएको हो । अदालतले विशेषगरी माघ २ मा भएको संशोधित निर्णय पनि अनिवार्य रूपमा पेस गर्न आदेश दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले दायर गरेको रिटमाथि सुनुवाइका क्रममा अदालतले उक्त आदेश दिएको हो । उनीहरूले दायर गरेको रिटमा अभियोग पत्र संशोधनसम्बन्धी प्रक्रिया र त्यसमा भएको निर्देशनमाथि प्रश्न उठाइएको छ ।

सुनुवाइका क्रममा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको लिखित जवाफमा उल्लेख भए पनि महान्यायाधिवक्ता कार्यालयले पेस नगरेको ‘टिप्पणी आदेश’ को प्रतिलिपि समेत माग गरिएको छ ।

यसअघि २०८२ पुस ३० गते मातहतका जिल्ला सरकारी वकिल कार्यालयहरूलाई अभियोग पत्र संशोधनका लागि निर्देशन दिने निर्णय भएको थियो । सोही क्रममा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सुरुमा रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।