३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव

५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाउन सुझाव
अ+ अ-

काठमाडाैँ । होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।

पर्यटन क्षेत्रले देशको आर्थिक गतिविधिमा ठूलो योगदान दिन सक्ने भएपनि अहिले स्पष्ट मार्गचित्र नभएको उनले बताए । अध्यक्ष शाहले आगामी ५ वर्षका लागि बन्न लागेको सरकारले एउटा ठोस योजना ल्याउनुपर्ने र सोही आधारमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उल्लेख गरे ।

शाहले आगामी ५ वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको योजना बनाउन सरकारलाई सुझाव दिएका छन् । उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक नीति, ऐन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष शाहले भने, “खासगरी पर्यटन क्षेत्रले यो देशको आर्थिक समृद्धिमा धेरै कुरा दिनसक्छ । यसका लागि एउटा प्रष्ट मार्गचित्र खाँचो छ । जुन सरकारले अब ५ वर्ष काम गर्छ, ५ वर्षमा पर्यटन क्षेत्रले देशको विकास, आर्थिक गतिविधि कसरी गर्छ भन्नेबारे एउटा मार्गचित्र बनाउनुपर्छ । मस्टर प्लान यो क्षेत्रलाई चाहिएको छ । जुन कुराको अहिले अभाव छ । सरकारदेखि निजी क्षेत्रले एउटा जोसमा अब काम गर्नसक्छौँ । त्यसकारण सबैभन्दा पहिला एउटा पाँच वर्षको मार्गचित्र बनाउन जरुरी छ । पर्यटक आगमनबाट धेरै हामीले लाभ लिनसक्छौँ । अझ हामी के भन्छौँ भने ५ वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित योजना बनाउनुपर्छ । त्यो नीतिलाई पुरा गर्ने कार्यक्रम, ऐन कार्यक्रमहरुदेखि पूर्वाधार बनाउनुपर्छ । सोही अनुसार अन्तरसमन्वय हुन जरुरी छ । पर्यटक भित्राउन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन समेत गर्न जरुरी छ ।”

पर्यटक आकर्षणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको शाहले बताए । उनकाअनुसार निजी क्षेत्र अहिले पनि प्रवद्र्धनका कार्यमा सक्रिय रहेको छ ।

सरकारले निजी क्षेत्रको भुमिका र कार्यका बारेमा स्पष्ट नीति ल्याएमा निजी क्षेत्र थप ऊर्जाका साथ काम गर्न तयार रहेको उनको भनाइ छ । दुई तिहाइ बहुमत नजिकको सरकार बन्न लागेकोमा पर्यटन क्षेत्र उत्साहित रहेको समेत उनको भनाइ छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]