७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व सङ्कलन गर्‍यो

कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर राजश्व सङ्कलन गर्‍यो
अ+ अ-

काठमाडौं । पर्यटन मन्त्रालयको बुधवारको आधिकारिक प्रतिवेदनअनुसार कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर कुल राजश्व आर्जन गरेको छ । जुन अघिल्लो वर्षको ३.६३ बिलियन डलरको तुलनामा ६.६ प्रतिशतले बढी हो ।

प्रतिवेदनकाअनुसार गत वर्ष राजश्वमा वृद्धि भएपनि यस दक्षिणपूर्वी एशियाली देशमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या भने अघिल्लो वर्षको ६७ लाखबाट करिव १७ प्रतिशतले घटेर ५५ लाख ७० हजारमा झरेको छ ।

पर्यटन उद्योगले ४ लाख २० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको पनि प्रतिवेदनमा उल्लेख छ । गार्मेन्ट, जुत्ता र ट्राभल सामानको निर्यात, कृषि, र निर्माण तथा घरजग्गा बाहेक पर्यटन कम्बोडियाको अर्थतन्त्रलाई टेवा पु¥याउने चार स्तम्भहरूमध्ये एक हो ।

पर्यटन मन्त्री हुओट हाकले हालै कम्बोडिया एक सुरक्षित र न्यानो पर्यटकीय गन्तव्य भएको बताए ।  कम्बोडियामा हाल युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत पाँचवटा साइटहरू छन् ।

जसमा अंगकोर पुरातात्विक पार्क, प्रेह विहियरको मन्दिर, साम्बोर प्रेई कुकको मन्दिर क्षेत्र, कोह केर पुरातात्विक साइट, र कम्बोडियन मेमोरियल साइटहरू पर्दछन् ।

यसका साथै यहाँका चार दक्षिणपश्चिमी प्रान्तहरू प्रेह सिहानोक, कम्पोट, केप, र कोह कोङमा करिव ४ सय ५० किलोमिटरसम्म फैलिएको सफा र सुन्दर समुन्द्री तट रहेको छ ।