८ आश्विन २०८१, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीकै ट्विटर असुरक्षित , कस्ले गर्यो ह्याक ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीकै ट्विटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्रीको ट्विटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रूप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्विटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीमाथि समेत अनुसन्धान गर्नुपर्ने भएकाले नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो । घटना सम्बन्धमा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्रीका आइटीविज्ञ अली असगरले शनिबार बिहान ११ बजे नै घटना सम्बन्धमा अनुसन्धान गर्न सम्पूर्ण टाटा ब्युरोलाई जिम्मा लगाइएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको ट्विटर अकाउन्ट एक प्रकारले ह्याक नभई दुरुपयोग भएको पाइयो । अनुसन्धान गहिरिएर नै गर्नुपर्ने भयो । त्यसो हुँदा हामीसँग भएका सम्पूर्ण डाटा अनुसन्धान गर्न भन्दै साइबर ब्युरोलाई जिम्मा लगाएका छौँ । उनीहरूबाट अनुसन्धान भइरहेको होला ।’ प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्रीको ट्विटर ह्यान्डल प्रधामन्त्रीबाहेक सञ्चारविज्ञ रामशरण बजगाईंले गर्छन् ।

त्यसबाहेक ट्विटरको पासवर्ड प्रमुख सल्लाहकार विष्णु रिमाल र आइटीविज्ञ अली असगरलाई थाहा छ । उनीहरूबाट ट्विटर दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छैन । तर, प्रहरीको अनुसन्धानले सचिवालयभित्रकै एक आइफोनबाट ट्विटर दुरुपयोग देखाएको छ । घटना सम्बन्धमा आइटीविज्ञ असगरले भने, ‘प्रधानमन्त्रीको ट्विटर ह्यान्डल आइफोन र एन्ड्रोइड दुवै डिभाइसबाट हुन्छ । कुनबाट दुरुपयोग भयो, त्यस सम्बन्धमा अहिले नै भन्न गाह्रो छ । घटना संवेदनशील छ । जटिल पनि उत्तिकै छ । त्यसो हुँदा अनुसन्धानका लागि प्रहरीलाई भनेका छौँ ।’

घटनाको अनुसन्धान गरिरहेको साइबर ब्युरो भने अनुसन्धानका सम्बन्धमा खुल्न चाहेन । ब्युरो प्रमुख डिआइजी विकास श्रेष्ठले सञ्चारमाध्यममा आएका खबरका आधारमा सामान्य तवरले अनुसन्धान भइरहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको ट्विटर ह्याक वा दुरुपयोग के भएको हो त्यो अनुसन्धानपछि मात्रै खुल्ने पाटो हो । सञ्चारमाध्यममा आएका समाचारबाट हामीले जानकारी लिएका छौँ । यसमा हामी सचेत हुनु स्वाभाविक पनि हो । अनुसन्धानका सम्बन्धमा भने केही नभनौँ ।’

नागरिकता विधेयक सम्बन्धमा भारतमा जारी आन्दोलनलाई लक्षित गर्दै भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले गरेको भाषण प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्टबाट एकाएक रि–ट्विट भएपछि अकाउन्ट दुरुपयोग भएको खुलेको थियो । सोही अकाउन्टबाट दिलभूषण पाठकले हेलो सरकारलाई मेन्सन गर्दै महिला आयोगको सम्बन्धमा गरेको ट्विटसमेत सोही समयमा रि–ट्विट भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार बेलुका पौने १० बजे प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्ट दुरुपयोग भएको खुलेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्टबाट भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले गरेको भाषण रि–ट्विट भएको देखियो । लगत्तै सचिवालयका साथीहरूसँग सोधेँ । उहाँहरूमध्ये कसैबाट पनि रि–ट्विट नभएको खुल्यो । रि–ट्विट तत्काल ‘अन डु’ गरियो । घटना संवेदनशील देखियो । तत्काल अनुसन्धान सुरु भयो । अहिले यसमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।’ नयाँ पत्रिका दैनिकबाट