११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

ग्यास प्लान्ट निर्माण गर्दै निगम, एनओसी ब्रान्डमा खाना पकाउने आफ्नै ग्यास उत्पादन हुने

ग्यास प्लान्ट निर्माण गर्दै निगम, एनओसी ब्रान्डमा खाना पकाउने आफ्नै ग्यास उत्पादन हुने
अ अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले आगामी असारदेखि ग्यास बोटलिङ तथा रिफिलिङ प्लान्ट निर्माण सुरु गर्ने भएको छ। निगम पुस २६ गते ५०औं वर्षमा प्रवेश गर्दै छ। निगमले सोही दिन ग्यासको ब्रान्डिङ लोगोसमेत सार्वजनिक गर्ने कार्यक्रम छ। निगमले एनओसी ब्रान्डमा खाना पकाउने आफ्नै ग्यास उत्पादन गर्न लागेको हो। निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले झापा र जनकपुरमा ग्यासको बोटलिङ तथा रिफिलिङ प्लान्ट र भण्डार गृहको निर्माण असारदेखि सुरु गर्न लागिएको जानकारी दिए।

ग्यास बोटलिङ तथा रिफिलिङ प्लान्ट र भण्डार गृहको निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० को प्रक्रिया निगमले सुरु गरिसकेको छ। ती दुवै भौतिक पूर्वाधारको काम असारदेखि सुरु गरेर सोही वर्षदेखि नै उत्पादनको काम थाल्ने प्रबन्ध निर्देशक पौडेलले बताए। निगमका नायव प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार खुला अर्थतन्त्रमा निगम पनि बजारमा ग्यासको सिलिन्डर उत्पादन गरी प्रतिस्र्पधा गर्ने तयारी गरेको छ।

उत्पादन, मार्केटिङ र बजारीकरण गर्ने योजनाअन्तर्गत निगमले झापा र जनकपुरमा ग्यासको बोटलिङ प्लान्ट, ग्यास भण्डार गृह र निजी क्षेत्रलाई ग्यास बिक्री गर्न बुलेटको लोड अनलोड गर्ने टर्मिनल सुविधासमेत उपलब्ध गराउन लागेको छ। ‘खुला अर्थतन्त्रको नीतिअनुसार जो पनि व्यापार गरी प्रतिस्र्पधा गर्न सक्छ’, भट्टराईले भने, ‘खाना पकाउने ग्यासको उत्पादन, ब्रान्डिङ र बजारीकरणमा सरकारी स्वामित्वको एनओसी ब्रान्डमा हामी पनि सिलिन्डर लिएर छिट्टै उपस्थित हुँदै छौं।’

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार डीपीआरका लागि झापामा ७ र जनकपुरका लागि ६ वटा आवेदन परेको छ। भारत, चीन, पाकिस्तान, इरान र बेल्जियमका कम्पनीले डीपीआर गर्न आवेदन दिएका छन्। ‘आवेदन परेका कम्पनीमध्ये यही डिसेम्बर महिनाभित्र झापाका लागि एक र जनकपुरका लागि एक कम्पनी छनोट गरी डीपीआर गर्न ती कम्पनीसँग सम्झौता गरेर काम अघि बढाउँदै छौं,’ गोइतले भने। डीपीआर गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययन, प्लान्ट र भण्डार गृहको भौतिक पूर्वाधारको खाका, पार्किङ, लागत खर्च, उत्पादन क्षमतालगायत जिम्मा दिन लागिएको छ।

डीपीआर अध्ययन गर्न निगमले करिब आठ करोड रुपैयाँ विनियोजन गरेको छ। निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डरको उत्पादन गरेपछि हाल यो क्षेत्रमा रहेको निजी क्षेत्रको एकाधिकार पूर्ण रूपमा टुट्ने अपेक्षा गरिएको छ। झापामा निगमको स्वामित्वमा ५ बिघा र हालै खरिद भएको २४ बिघा जग्गा छ। यस्तै जनकपुरमा १० बिघा जग्गा छ। प्रवक्ता गोइतका अनुसार निगमले आफ्नो ‘एनओसी’ ब्रान्डमा मेटालिक खाना पकाउने सिलिन्डर उत्पादन गर्नेछ।

निगमले आम उपभोक्ताको हकमा ५ किलो, १४.२ किलो र १९ किलो तथा औद्योगिक क्षेत्रका लागि साढे चार सय किलो क्षमताको सिलिन्डर उत्पादन गर्ने योजना बनाएको छ। बोटलिङ प्लान्ट, भण्डार गृह र लोड अनलोड टर्मिनल निर्माण गर्न करिब ८० करोड रुपैयाँ लाग्ने निगमले प्रारम्भिक अनुमान गरेको छ। ‘तर लागत खर्च डीपीआरबाट प्राप्त हुने प्रतिवेदनमाथि भर गर्छ’, गोइतले भने। निगमको योजनाअनुसार झापा र जनकपुरबाट दैनिक ३०–३० हजार थान सिलिन्डर उत्पादन गर्ने लक्ष्य छ।

यस्तै ती दुवै स्थानमा कम्तीमा ३–३ हजार टन क्षमताको भण्डार गृह निर्माण गर्ने योजना छ। निगमसँग ग्यास सञ्चिति गर्ने क्षमता हाल शून्य छ । निजी क्षेत्रका ५६ वटा खाना पकाउने ग्यास सिलिन्डर उत्पादन गर्ने उद्योगसँग १६ हजार आठ सय टन क्षमताको भण्डारण गृह छ। प्रत्येक उद्योगसँग न्यूनतम् तीन सय टनदेखि एक हजार टन क्षमताको भण्डारण गृह छ। अन्नपुर्णपोष्ट दैनिकबाट