११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रधानमन्त्री ओलीको निर्देशनसँगै उपत्यकाको खाल्डाखुल्डी पुर्ने काम तीव्र रुपमा बढ्दै

प्रधानमन्त्री ओलीको निर्देशनसँगै उपत्यकाको खाल्डाखुल्डी पुर्ने काम तीव्र रुपमा बढ्दै
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६/७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकका खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए।

दुई हप्ताको अवधिमा गौशालादेखि चाबहिलसम्म बाहेक चक्रपथको खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न भइसकेको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।
मङ्सिर १७ गतेदेखि उपत्यकाका सडकमा खाल्डाखुल्डी पुर्ने कार्य सुरु गरिएको थियो । चक्रपथको गौशालादेखि चाबहिलसम्मका सडकका अधिकांश भाग बिग्रिसकेको हुनाले सो खण्डको निर्माणका लागि ठेक्कापट्टाको काम सम्पन्न भइसकेको हुनाले सो खण्डमा खाल्डाखुल्डी पुरिने कार्य नगरिएको उनले बताए ।

विकास व्यवस्थापनविज्ञ थपलियाका अनुसार यस अवधिमा थापाथली–त्रिपुरेश्वर–जमल–शीतल निवास सडकखण्ड, जडीबुटी–पेप्सिकोला सडकखण्ड, शङ्खमूल–नयाँबानेश्वर सडकखण्ड, सिनामङ्ल–डिल्लीबजार सडकखण्ड, हाँडीगाउँ–मालीगाउँ सडकखण्ड, दरबारमार्ग–जय नेपाल सडकखण्ड, माइतीघर मण्डला–मीनभवन सडकखण्ड र टेकु–कुलेश्वर–बल्खु सडकखण्डमा खाल्डाखुल्डी पुरिने काम सम्पन्न भइसकेका छन् । सडकमा पानी चुहावट रोक्न खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग यसबारे छलफल भइरहेको बताउँदै उनले चुहावट रोकिएपछि ती ठाउँहरूका खाल्डा पुरिने जानकारी दिए ।

त्यसैगरी सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत रहेका सडकमध्ये पानी चुहावटबाहेक ७० प्रतिशतमा खाल्डाखुल्डी पुरिने कार्य सम्पन्न भइसकेको जानकारी सडक डिभिजन कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले दिए । पुस महिनाभित्र बाँकी काम सम्पन्न गरिने उनले बताए । काठमाडौँ जिल्लामा रहेका जम्मा एक हजार छ सय किलोमिटर सडकमध्ये मात्र चार सय किलोमिटर सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत पर्दछ ।

बाँकी काठमाडौँ महानगरपालिकालगायत विभिन्न निकायअन्तर्गत पर्ने गर्दछ । त्यसैगरी भक्तपुर जिल्लामा रहेका जम्मा २० वटा सडकमध्ये १३ वटा खाल्डाखुल्डीमुक्त भइसकेको जानकारी सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुख बेलबहादुर भुजेलले दिए । खाल्डाखुल्डी पुरिने काम सुरु भएको दुई हप्तामा १६८ किलोमिटरमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भइसकेको जानकारी डिभिजन प्रमुख भुजेलले दिए ।

सडक डिभिजन कार्यालय, ललितपुरका प्रमुख अमृतमणि अर्यालले ललितपुरका सडकमा खाल्डाखुल्डीको समस्या खासै नरहेको बताउँदै मङ्सिरको १७ गतेदेखियता एक किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भएको जानकारी दिए । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा दैनिक दुई सय वर्गमिटर खाल्डाखुल्डी पुर्ने काम भइरहेको जानकारी दिए । गोरखापत्र दैनिकबाट