११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

ठेकेदारको लापरबाहीले पुल अलपत्र

ठेकेदारको लापरबाहीले पुल अलपत्र
अ अ+ अ-

धादिङ । बेनिघाट– मलेखु र आरुवासटार जोड्ने त्रिशुली नदीमाथिको पक्की पुल ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण अलपत्र परेको छ । २ वर्षभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी पुल निर्माणको ठेक्का पाएको कम्पनी महावीर नीलगिरि नेसनल जेभीको चरम लापरवाहीका कारण मलेखु बजारसँग सिद्धलेकलाई जोड्ने त्रिशुली नदीमाथिको पक्की पुल अलपत्र परेको स्थानीयले गुनासो गरेका छन् ।

राज्यले काममा लापरवाही गर्ने र समयमै काम सम्पन्न नगर्ने कामचोर निर्माण व्यवसायीलाई कारबाही गरिरहेको दैनिकजसो समाचारमा सुनेका स्थानीयले आफ्नै गाँउमा समेत काम ठग्ने र कामचोर निर्माण व्यवसायीलाई राज्यले पाता फर्काउने गरी कारबाही गर्न माग गरेका छन् ।निर्माण सामग्री ढुवानीमा अत्यन्त समस्या रहेको सिद्धलेक गाँउपालिकाका अधिकांश भूकम्पपीडित छिट्टै पक्की पुल बन्ला र घर बनाउँला भन्ने आशामा थिए ।

तर, निर्माण व्यवसायीको ढिलासुस्तीकै कारण निर्माण सामग्री ढुवानीमा समस्या आएपछि भूकम्पपीडित अत्यन्तै निरास भएका छन् । पक्की पुल बन्ला र निर्माण सामग्री ढुवानी व्यवस्थापनमा सहज होला भन्ने आशा बोकेका सिद्धलेक गाँउपालिकाका स्थानीय निराश भएका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाहरू अझै पनि पुल बन्ला र सहुलियत दरमा निर्माण सामग्री ढुवानी गरेर घर बनाउने आशामा रहेका छन् ।

सिद्धलेक गाँउपालिकाको नजिकै रहेको तथा त्यस स्थानको मुख्य ठूलो बजार मलेखुबाट नजिकै देखिएपनि त्रिशुली नदीमाथि पक्की पुल नहुँदा त्यस स्थानका स्थानीय सदमुकाम जाने कालुपाण्डे मार्ग भएर करिब १५ किलोमिटर कच्ची सडकवाट महंगो मूल्य तिरेर आधा ट्याक्टर निर्माण सामग्री ढुवानी गर्न बाध्य छन् । स्थानीयका अनुसार एक ट्याक्टर गिटी, ईंटा, सिमेन्ट छड लगायत निर्माण सामग्री गाँउमा लैजानका लागि झण्डै आधा दिनको समय खर्चनुपर्ने बाध्यता छ । पक्की पुल निर्माणपछि गाँउबाट बजार आवतजावतमा निक्कै सहज हुने स्थानीयले बताए ।

तर पुल निर्माण कार्य भने कछुवाको गतिमा अघि बढेको स्थानीयले गुनासो गरेका छन् । बेनिघाट रोराङ–३ र सिद्धलेक–४ जोड्ने त्रिशुली नदीमाथिको पक्की पुल निर्माण कार्यको ठेक्का पाएको कम्पनी महावीर नीलगिरि नेसनल जेभीले काममा चरम लापरवाही गर्दा भने त्यस स्थानका अधिकांश जनतामा निराशा छाएको छ । स्थानीयले पुल अलपत्र परेको देखेपछि भने महंगो ढुवानी खर्चेरै भएपनि घर निर्माण भने गर्न थालेका छन् । स्थानीयबासीका अनुसार पुल निर्माण कार्य अहिले अलपत्र अवस्थामा छ ।

२ वर्ष भित्रैमा पुल निर्माण गरिसक्छु भनेर शिलान्यास कार्यक्रममा जनप्रतिनिधिकै अगाडि ठेकेदारले बोलेका थिए । तर १ वर्ष बितिसक्दासमेत पुल निर्माणको कामै नभएको र छडलगायतको अन्य निर्माण सामग्री खिया लागेर कामै नलाग्ने गरी सडेको सिद्धलेक– ४ का स्थानीय पशुपतिनाथ थपलियाले गुनासो गरे । थपलियाका अनुसार जनप्रतिनिधिलेसमेत ठेकेदार समक्ष कडा निर्देशन नदिएको बताउँछन् । अन्य स्थानीयका अनुसार पनि १ वर्षमा उक्त पुलको बेनिघाट रोराङ तर्फको एउटा पिल्लरको डिपिसीबाहेक कुनै काम भएको छैन ।

पुल निर्माण स्थलमा बेलाबेला १०÷१२ जना कामदार देखिन्छ त्यही पनि पछिल्लो समय कामदारसमेत छैन । पुलमा एउटा डोजर घरीघरी चल्छ डिपिसी गरेको स्थानमा हिलो र लेउ अनि पानी जमेर बसेको छ, निर्माण कम्पनीले त्यतिभन्दा कुनै काम गर्ने छाँटकाँटै नदेखाएको स्थानीयले गुनासो गरे । स्थानीयले बेला बेलामा निर्माण कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्दा भने सरकारी कामको काम गर्ने तरिका नै यस्तै भएको र उल्टै काम तीव्र गतिमा भएकोभन्दै फुर्ति दिने गरेको समेत स्थानीयले गुनासो गरे ।

स्थानियबासीले भने काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कडा भन्दा कडा कारबाही र निर्माण कम्पनीलाई कालो सूचीमा राख्नुपर्ने माग गरेका छन् । उक्त पुल व्यवसायीको चरम लापरबाहिकै कारण ढिलासुस्ती भएको र पुल अलपत्र परेको सडक डिभिजन पुल योजना मध्य क्षेत्र सेक्टर नं.२ ले बताएको छ ।

पुल निर्माण कार्यको अनुगमन र सुपरीवेक्षण गर्ने निकाय पुल योजना मध्य क्षेत्र सेक्टर नं।२ का ईन्जिनियर पुरुषोत्तम भण्डारीका अनुसार हालसम्ममा ७० प्रतीशत काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, मुख्य ठेकेदार युवराज डाँगीकै कारण १ वर्ष बितिसक्दा पनि निर्माणको ठेक्का पाएको महावीर नीलगिरि नेसनल जेभीले जम्मा १० प्रतिशत मात्र काम गरेको बताए । सौर्य दैनिकबाट