११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कालापानीका विषयमा नेपालमा आन्दोलित वातावरण भएको हुँदा अहिले वार्ता हुँदैन: रणजित राय

कालापानीका विषयमा नेपालमा आन्दोलित वातावरण भएको हुँदा अहिले वार्ता हुँदैन: रणजित राय
अ अ+ अ-

नेपालका लागि पूर्वभारतीय राजदूत रणजित रायले कालापानीका विषयमा नेपालमा आन्दोलित वातावरण रहेको भन्दै यस्तो अवस्थामा नेपाल–भारत वार्ता सम्भव नहुने टिप्पणी गरेका छन् । उनले आन्दोलनको परिस्थितिमा परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठकले वार्ताबाट कुनै परिणाम ननिस्कने समेत जिकिर गरे ।

‘कालापानी नेपालमा भावनात्मक (इमोसनल) इस्यु भएको छ । हामी पनि चीनका विषयमा इमोसनल हुन्छौँ । सीमाका विषयमा यो स्वाभाविकै हो,’ निवर्तमान राजदूत रायले दिल्लीमा शुक्रबार फोरम फरक इनोभेटिभ रिसर्च एन्ड कन्स्ट्रक्टिभ डायलगद्वारा आयोजित कार्यक्रममा भने, ‘अहिले नेपाल र भारतमा बलियो र राजनीतिक इच्छाशक्ति भएका सरकार छन् । संवादको वातावरण बनाएर विद्यमान कूटनीतिक संयन्त्रलाई अघि बढाउनुपर्छ ।’ नेपाल र भारतका सबै तह र तप्काबीच संवाद सघन बनाउनुपर्ने पनि उनको भनाइ थियो ।

पूर्वराजदूत जयन्तप्रसादले तीन दशकअघि नेपाल र भारतका नेताहरूबीच परस्पर सम्बन्ध रहेको तर अहिले राजनीतिक तहमा सम्पर्क टुटेको टिप्पणी गरे । ‘२५/३० वर्षअघिजस्तो नेपाल र भारतका नेताहरूबीच परस्पर सम्बन्ध टुटेको छ, हाम्रो सामाजिक राजनीतिक सम्बन्ध सघन बनाउनुपर्छ,’ जयन्तप्रसादले भने । नेपाल–भारत सम्बन्धका जानकार प्राध्यापक एसडी मुनीले कालापानीका विषयमा भारतले निकालेको नक्साको नेपालमा विरोध भएको उल्लेख गर्दै यसले सम्बन्ध बिग्रिने टिप्पणी गरे ।

‘विदेश सचिवस्तरीय बैठक बसेर छलफल गर्ने एउटा कूटनीतिक प्रक्रिया सुरु भइसकेको छ । यसमा समय लाग्छ, ’ मुनीले टिप्पणी गरे । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले परिवर्तनलाई नेपाल र भारत दुवैले आत्मसात गर्नुपर्ने बताए । आचार्यले भने, ‘नेपाल र भारतबीच समानता र विविधता दुवै छन् । कुनै वेला भारतका सल्लाहकार नेपालको क्याबिनेटमा थिए । अहिले बदलाब आएको छ । यो बदलाबलाई सम्बोधन गर्नुपर्छ ।’ नयाँ पत्रिका दैनिकबाट