११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कार्गो ढुवानी गर्ने हेलिकोप्टर नियमविपरीत उडान भर्दै, जिल्ला प्रशासन कार्यालय भने बेखबर

कार्गो ढुवानी गर्ने हेलिकोप्टर नियमविपरीत उडान भर्दै, जिल्ला प्रशासन कार्यालय भने बेखबर
अ अ+ अ-

सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियमविपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ । कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुरक्षा निकायसँगको प्रत्यक्ष समन्वयमा मात्रै उडान भर्ने गरी उडान अनुमति दिएको भए पनि त्यसलाई वास्तै नगरी आफूखुसी उडान भर्ने गरेको पाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबरमहल काठमाडौंले सिम्रिक एयर प्रालिलाई २०७६ साल मंसिर १६ गते लेखेको चलानी नं १०७८ को पत्र र २०७६ साल मंसिर २० गते कैलाश हेलिकोप्टर सर्भिसेज प्रालिलाई लेखेको चलानी नं ११०७ को पत्रमा स्थानीय सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने उल्लेख छ । प्रशासनलाई जानकारी छैन नेपाल नागरिक उड्डयन प्राधिकरणले सर्तसहित उडान अनुमति दिएको भए पनि हेलिकोप्टर कम्पनीले कानुनको खिल्ली उडाएका छन् ।

सदरमुकाम सल्लेरीदेखि करिब दुई घण्टाको पैदल यात्रामा पुग्न सकिने सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुबाट ती हेलिकोप्टरले निर्बाध रुपमा सामान ढुवानी गरिरहेका छन् ।दिनहुँ सामग्री ढुवानी गरिरहेका ती हेलिकोप्टरका विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी नभएको बताइन्छ । प्रजिअ बेदनिधि खनालले त्यस विषयमा जानकारी नभएको भन्दै सुरक्षा जाँच नगरी मनोमानी उडान भर्दा प्रतिबन्धित सामग्री ओसारपसार हुन सक्ने सम्भावना बढी रहेको बताए ।

नियमकानुन भए पनि त्यसको बेवास्ता गर्दै विगतका वर्षहरूमा पनि यसैगरी सामान ढुवानी हुने गरेको स्थानीयवासी बताउँछन् । केही वर्षदेखि काठमाडौंबाट टाक्सिन्दुसम्म सिधा सडक सञ्चालन भएकाले त्यहाँसम्म गाडीमा सामान ढुवानी गर्ने र हेलिकोप्टरमार्फत माथिल्लो क्षेत्र लैजाने क्रम बढेको छ । समन्वयमा नै उडान भरेको कम्पनीको दाबी प्रजिअ खनालले उडानबारे जानकारी नभएको बताइरहँदा हेलिकोप्टर कम्पनीले भने स्थानीय प्रशासनसँगको समन्वयमा नै सामान ढुवानी गरिरहेको दाबी गरेको छ ।

कैलाश एयरका जनरल म्यानेजर प्रतापजंग पाण्डेले प्रशासनसँगको समन्वयमा नै उडान गरिरहेको बताए । प्राधिकरण उडान अनुमति जारी गर्ने तथा नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने सोलुखुम्बुमा भइरहेको उडानबारे बोल्न चाहेनन् ।उनले जिल्लाकै प्राधिकरण प्रमुख जानकार रहेको भन्दै जवाफ दिनबाट पन्छिन खोजे । नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले भने कम्पनीले समान ढुवानीबारे आफूसँग कुनै समन्वय नगरेको बताए ।

कम्पनीले माथिको निर्णय भन्दै आफूखुसी उडान भर्ने गरेको उहाँको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने सोलुखुम्बुमा भइरहेको उडानबारे आफ्नो ध्यानाकर्षण भएको बताए । स्थानीय सुरक्षा निकायसँग समन्वय नगरी उडान भर्नु तथा सामान ढुवानी गर्नु कम्पनीको लापरवाही भएको भन्दै उनले यसबारे केही दिनभित्रै बैठक डाकेर आवश्यक निर्देशन दिने र कमजोरी पाइएमा कारबाही गर्ने समेत आश्वासन दिए ।

उडिरहेका हेलिकोप्टरबाट पटक–पटक समान खस्छ सुरक्षा जाँचबिना जथाभावी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था गरेरमात्रै उडान गर्ने÷गराउने भन्ने निर्णय गरेको भए पनि त्यो लागू हुन नसक्दा समस्या हुने गरेको छ । गत भदौ १९ गते बिहीबार अपराह्न उडिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री खसेका थिए । फाप्लु विमानस्थलबाट उडेको उक्त हेलिकोप्टरले केही मिनेटमै सोलुदूधकुण्ड नगरपालिका–२ फेरामा उक्त सामग्री खसालेको भन्दै स्थानीयवासीले प्रशासनको ध्यानकर्षणसमेत गराएका थिए ।

पटक पटक उडिरहेका हेलिकोप्टरबाट सामग्री खस्दासमेत नियमनकारी निकाय मौन बसेको स्थानीयवासी छिरिङ शेर्पाको भनाइ छ । खुम्बु क्षेत्रमा सहज सामान ढुवानीको विकल्पका रुपमा हवाई सेवा नै भए पनि नियम पालना भने गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ । सौर्य दैनिकबाट