२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’ मा जहाजलाई सुरक्षा दिन असम्भव : फ्रान्स



अ+ अ-

पेरिस। फ्रान्सले वर्तमान् स्थिति ‘शान्त’ भएपछि मात्र ‘स्ट्रेट अफ हर्मुज’बाट जहाजहरूलाई सुरक्षा दिन मद्दत गर्न तयार रहेको बताएको छ।

अहिलेको अशान्त अवस्थामा इन्धन लगायतका सामग्री ढुवानी गर्ने जहाजहरूलाई सुरक्षा दिन असम्भव रहेको फ्रान्सका राष्ट्रपति राष्ट्रपति इम्यानुएल म्याक्रोँले मङ्गलबार बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “फ्रान्सले अहिलेको स्थिति ‘शान्त’ भएपछि मात्र ‘स्ट्रेट अफ हर्मुज’बाट जहाजहरूलाई सुरक्षा गर्न मद्दत गर्न तयार छ ।”

इरानले बन्द गरेको जलमार्ग सुरक्षित गर्न सघाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागपछि राष्ट्रपति म्याक्रोँले भन्नुभयो, “हामी द्वन्द्वको पक्षहरू होइनौँ, त्यसैले फ्रान्सले वर्तमान अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’लाई मुक्त गर्ने वा खोल्ने अभियानमा कहिल्यै भाग लिने छैन ।”

“यद्यपि, हामी विश्वस्त छौं कि एक पटक स्थिति शान्त भएपछि हामी अन्य राष्ट्रहरूसँगै सुरक्षा निगरानी प्रणालीको जिम्मेवारी लिन तयार छौँ।”

अमेरिका र इजरायलको इरानी भूमिमा भएको आक्रमणपछि इरानले विश्वको करिब २० प्रतिशत इन्धनको आपूर्ति हुने नाका ‘स्ट्रेट अफ हर्मुज’ लाई बन्द गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्ति राष्ट्रहरूलाई उक्त नाकाबाट जहाजहरूलाई आवागमन गर्न सुरक्षा दिन सहयोग गर्न आग्रह गर्नुभएको थियो । (रासस/एएफपी)