१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरियो

अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरियो
अ अ+ अ-

अर्जेन्टिना। अर्जेन्टिनाले मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)बाट औपचारिक रूपमा आफ्नो सदस्यता फिर्ता लिएको छ ।

अजेन्टिनाका विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकालाई पछ्याउँदै अर्जेन्टिनाले पनि आफ्नो डब्ल्युएचओ सदस्यता परित्याग गरेको छ । अमेरिकाले यस वर्षको सुरुमा यही कदम चालेको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट सहयोगी राष्ट्रपति ज्याभियर माइलीको सरकारले कोभिड–१९ को महामारी नियन्त्रणमा विश्व स्वास्थ्य सङ्गठनको आलोचना गर्दै एक वर्षअघि संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य संस्था छोड्ने घोषणा गरेको थियो ।

अर्जेन्टिनाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय सन्धिले तोकेको समयसीमाभित्र फिर्ताको प्रक्रिया पूरा भएको जनाएको छ ।

“अर्जेन्टिनाले आफ्नो सार्वभौमिकता र स्वास्थ्य नीतिहरूको बारेमा निर्णय गर्ने क्षमतालाई पूर्ण रूपमा संरक्षण गर्दै द्विपक्षीय सम्झौताहरू र क्षेत्रीय मञ्चहरू मार्फत स्वास्थ्यमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने कार्यलाई जारी राख्नेछ,” विदेश मन्त्री पाब्लो क्विर्नोले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ।

गत वर्ष अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनका सिफारिसहरू विज्ञानमा आधारित नभएर राजनीतिक स्वार्थमा आधारित भएकाले प्रभावकारी नभएको घोषणा गरेको थियो ।

ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि बहुराष्ट्रिय समूहबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक वर्षपछि अमेरिकाले जनवरीमा डब्लुएचओबाट बाहिरिने औपचारिक घोषणा गरेको थियो।

विश्व स्वास्थ्य सङ्गठनले बिफर उन्मूलन र पोलियो, एचआईभी, इबोला र क्षयरोगलगायतका रोग र जनस्वास्थ्यसम्बन्धी खतराहरूको सामना गर्न विशेष भूमिका खेलेको छ ।

गत जनवरीमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेहब्रेयससले यस कदमप्रति गहिरो खेद व्यक्त गर्दै यसले संयुक्त राज्य अमेरिका र बाँकी विश्वलाई असुरक्षित बनाउने बताउनुभएको थियो । (रासस/एएफपी)