१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन हुने



अ+ अ-

काठमाडाैँ । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ ।

पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा सहजीकरण गर्ने उद्देश्यका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए।

पर्यटकको सहजीकरणका लागि केन्द्रमा पर्यटन बोर्डबाट कर्मचारीसँगै दुई जना पर्यटक प्रहरी रहने उहाँले बताउनुभयो । पर्यटन राजधानी पोखरा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य हो । केन्द्र सञ्चालनसँगै यहाँ आउने पर्यटकहरू लाभान्वित बन्ने विश्वास लिइएको छ ।