११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

तीन वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण हुने

तीन वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण हुने
अ अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षभित्रै ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिइरहँदा कर्णाली प्रदेशका १० जिल्लामा भने विद्युतीय पहुँचमा कमजोर छ । नेपाल विद्युत् प्राधिकरणमार्फत हालसम्म यो प्रदेशमा २७.२९ प्रतिशत मात्र विद्युतीकरण भएको छ । प्रदेशभर नेपाल विद्युत् प्राधिकरणका ग्राहक सङ्ख्या ८५ हजार छन् । सबैभन्दा बढी सुर्खेतमा ५८ र कम जाजरकोटमा पाँच प्रतिशत मात्रै विद्युतीकरण भएकोे छ । विद्युत् पहुँचमा सबैभन्दा कमजोर रहेको कर्णाली प्रदेशलाई तीन वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने दाबी नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भौगोलिक तथा प्राविधिक जटिलताका हुँदाहुँदै पनि यो काम सम्पन्न गरिसक्ने बताएका हुन् । कर्णालीमा विद्युत् विस्तारका लागि चालू आर्थिक वर्ष (२०७६/७७) मा एक अर्ब १९ करोड रुपियाँ विनियोजन गरिएको छ । कर्णाली प्रदेशका आफ्ना कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्न सुर्खेत पुगेका घिसिङले चुनौती सामना गरेरै तीन वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताएका छन् ।

कर्णालीका ७३ प्रतिशत जनतामा अझै विद्युत् पुर्याउनै बाँकी छ, सबैको पहिलो प्राथमिकता विद्युतीकरण विस्तार हो, आफ्ना कार्यलय प्रमुखहरूलाई निर्देशन दिँदै उनले भने, “आफ्नो क्षेत्रमा जतिसक्दो छिटो विद्युतीकरण गर्न लाग्नुहोस्, यसका लागि बजेट अभाव हुन दिँदैनौ ।” कर्णाली प्रदेशमा विद्युतीकरणका लागि ३३ र ११ केभीका १२ वटा आयोजना सञ्चालित छन् भने सातवटा ३३/११ केभीका सबस्टेसन निर्माणका लागि ठेक्का आह्वान गर्ने प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोटमा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र कालीकोट, हुम्ला, मुगु, डोल्पा र जुम्लामा लघुजलविद्युत् (माइक्रोहाइड्रो) मार्फत विद्युत् आपूर्ति गरिरहेको छ । बाँकेको कोहलपुर र दाङको तुलसीपुरबाट यस प्रदेशमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन लगिएको छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन र सुर्खेतमा १३२/३३/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढेको प्राधिकरणले जनाएको छ ।

युरोपेली लगानी बैङ्क र एसियाली पूर्वाधार लगानी बैङ्कले सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ को विद्युतीकरणका लागि करिब २२ अर्ब रुपियाँ सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ । घिसिङले तीन वर्षभित्रमा सबैको घरमा स्वच्छ ऊर्जा पुर्याउने सरकारको घोषणा कार्यान्वयन गर्न बजेट अभाव नहुने बताए । सरकारले तीन वर्षभित्र शतप्रतिशत विद्युतीकरण गर्ने र पाँच वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत सात सय युनिट पुर्याउने घोषणा गरेको छ । गोरखापत्र द्रैनिकबाट