११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रबलीकरणमा हुनै नसकेको प्रगति

प्रबलीकरणमा हुनै नसकेको प्रगति
अ अ+ अ-

चुरे मकवानपुर । २०७२ सालको भूकम्पले आंशिक क्षति भएका निजी घर प्रबलीकरण गराउन सरोकारवाला निकाय कमजोर देखिएको छ । भूकम्प गएको साढे चार वर्ष बित्दैगर्दासम्म यसतर्फको प्रगति शून्य नै रहेको छ । मकवानपुरमा भूकम्पपछि प्रबलीकरणतर्फको पुनर्निर्माण प्रगति हालसम्म शून्य दशमलव शून्य ४ प्रतिशत मात्रै रहेको छ । मकवानपुरमा प्रबलीकरणका लागि छनोट भएका लाभग्राही १२ हजार ९४६ मध्ये ७ हजार ९७० ले मात्र प्रबलीकरणका लागि सम्झौता गरेर प्रथम किस्ता लिएका थिए ।

घर प्रबलीकरण गर्न पहिलो किस्ता ५० हजार बुझेका लाभग्राहीमध्ये तीन जनाले मात्र प्रबलीकरण गरी दोस्रो तथा अन्तिम किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) आयोजना प्रमुख बिमल किशोर केपीले बताए । मकवानपुरमा भूकम्पले पूर्ण क्षति भएका ३४ हजार ३१९ घरमध्ये १४ हजार १३५ वटा घर मात्र पुनर्निर्माण सम्पन्न भएका छन् । जिल्लामा पहिचान भएका कुल लाभग्राही ३४ हजार ३१९ मध्ये २९ हजार ५०५ जनाले मात्र पुनर्निर्माणका लागि सम्झौता गरेर प्रथम किस्ता लगेका थिए ।

त्यस्तै, प्रथम किस्ता लिनेमध्ये २३ हजार ४३१ ले दोस्रो किस्ता र १८ जहार ४०३ जनाले तेस्रो किस्ता लगेका थिए । तेस्रो किस्ता लगेर निर्माणसमेत सम्पन्न गर्नेको संख्या १४ हजार १३५ रहेको आयोजना प्रमुख विमलकिशोर केपीले जानकारी दिए । प्रमुख केपीका अनुसार मकवानपुरमा २ हजार ७१९ वटा घर भने मापदण्डविपरीत बनेका छन् । त्यस्तै, जिल्लामा भूकम्पमा परी पूर्ण क्षति भएको तर ऐलानी मात्र जग्गा भएका भूमिहीन लाभग्राही संख्या ३ हजार ६७२ पहिचान भएको र तीमध्ये २९ जनाले अन्यत्र जग्गा किनेर पुनर्निर्माण प्रक्रिया प्रारम्भ गरेको तथ्यांकले देखाएको छ ।

बाँकीले आफ्नै ऐलानी जग्गामा पुनर्निर्माण प्रक्रिया सुरु गरेको आयोजना प्रमुख केपीले जानकारी दिए । त्यस्तै, जिल्लाका २८ जना लाभग्राहीले आफूले लिइसकेको किस्तासमेत फिर्ता गरेका छन् ।मकवानपुरमा विद्यालय निर्माणको क्षेत्रमा भने उल्लेख्य प्रगति भएको जनाइएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख बद्रीबहादुर पाठकका अनुसार जिल्लामा रहेका ५१६ वटा विद्यालयमध्ये भूकम्पका कारण ४०९ वटा विद्यालयका २ हजार ३१० वटा कक्षाकोठा पूर्ण क्षति भएका थिए ।

त्यस्तै, १ हजार ४५४ वटा कक्षाकोठा आंशिक रूपमा क्षति भएका थिए । जिल्लामा आपत्कालीन विद्यालय पुनर्निर्माण आयोजनाअन्तर्गत रहेर ठेक्का प्रक्रिया, विद्यालय व्यवस्थापन समितिमार्फत र विभिन्न संघसंस्थामार्फत गरी तीनवटा प्रक्रियामा विद्यालय भवन पुनर्निर्माण भइरहेको प्रमुख पाठकले बताए । गोरखापत्र दैनिकबाट