१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा विवादमा छलफल गर्न सङ्कल्प प्रस्ताव



अ+ अ-

काठमाडौँ । सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रतिनिधि सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन् । त्यसको समर्थकमा सांसद रामकुमारी झाँक्री छन् । सभामुखले विभागीय मन्त्रीसँगको परामर्शमा उक्त प्रस्ताव छलफलका लागि अघि बढाउन सक्ने व्यवस्था छ ।

प्रस्ताव दर्ता भई प्रक्रियामा गएको प्रस्तावक अधिकारीले जानकारी दिए । प्रस्तावमा सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले अहिले गरेका प्रयास सकारात्मक भएकाले निरन्तरता दिनुपर्ने उल्लेख छ । कालापानीलगायतका क्षेत्रको सीमा विवादमा सरकारले अघि बढाएको पहललाई सर्वस्वीकार्य रूपमा अघि बढाउन प्रस्ताव आवश्यक भएको उल्लेख गरिएको छ । यस्तै सरकारले गरेका सीमासम्बन्धी कामकारबाही अनुगमनका लागि सदनले समिति बनाउनुपर्ने माग प्रस्तावमा गरिएको छ ।

नेपालसँग सीमा जोडिएका मुलुकसँग आवश्यक छलफल गरी सीमा विवाद दीर्घकालीन रूपमा समाधानको पहल गर्न आवश्यक निर्देशनको माग पनि प्रस्तावमा गरिएको छ । प्रतिनिधिसभा नियमावलीको नियम ८३ मा सङ्कल्प प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ । उक्त प्रस्तावबाट सरकारलाई राय वा सिफारिस दिन, सरकारको नीतिको समर्थन वा विरोध प्रकट गर्न, कुनै सन्देश वा निर्देशन दिन सकिने व्यवस्था नियमावलीमा छ ।

सङ्कल्प प्रस्ताव सदनले स्वीकृत गर्नुपर्ने छ । स्वीकृत सङ्कल्पको जानकारी सदनले मन्त्रिपरिषद्लाई दिने छ । मन्त्रिपरिषद्ले कार्यान्वयनपछि सदनलाई जानकारी दिनुपर्ने व्यवस्था नियमावलीमा छ । गोरखापत्र दैनिकबाट