३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु



अ+ अ-

कञ्चनपुर। नेपाल–भारत सीमा नदी महाकालीमा साहसिक जलयात्रा व्यवसायिक रूपमा सञ्चालनमा आएको छ ।

पानी सप्ताहको अवसर पारेर विभिन्न सरोकारवाला निकायको पहलमा र्याफ्टिङको व्यावसायिक सुरुआत गरिएको हो । सन् २०२१ मा सफल परीक्षण गरिएको महाकाली नदीमा आजदेखि औपचारिक रूपमा -याफटिङ सञ्चालन सुरु गरिएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीस्थित साइलेट रिभर क्षेत्रबाट -याफटिङ सञ्चालनमा ल्याइएको हो । गैरसरकारी संस्था निड्स नेपालको अगुवाइमा जिल्लास्थित विभिन्न संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा प्याकेजमार्फत -याफटिङ सेवा उपलब्ध गराइने जनाइएको छ ।

निड्स नेपाल, होटल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायीहरूको सहकार्यमा -याफटिङ सञ्चालन हुने बताइएको छ । हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुईवटा -याफटिङ बोट सञ्चालनमा ल्याइएका छन् ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले लामो अध्ययनपछि महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार सन् २०१७ मा महाकाली नदीको बहुउपयोग परियोजनाअन्तर्गत -याफटिङको सम्भाव्यता अध्ययन सुरु गरिएको थियो । जसमा अक्सफामलगायततका विभिन्न साझेदार संस्थाहरूको पनि सहभागिता रहेको थियो ।

उक्त अध्ययनअनुसार नेपालतर्फ डडेल्धुराको परशुराम नगरपालिका क्षेत्रबाट करिब १४ किलोमिटर र मसेट्टीदेखि खल्लासम्म आठ किलोमिटर दूरीमा साहसिक जलयात्रा सञ्चालन गर्न सकिने देखिएको थियो । भारततर्फ भने दुईवटा कम्पनीले सन् २०१५ देखि नै नियमित रूपमा -याफटिङ सञ्चालन गर्दै आएका छन् ।

-याफटिङ सञ्चालनका लागि स्थानीय र्याफ्टिङ चालक किशन भट्टलाई जिम्मेवारी दिइएको छ । पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी -याफटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कञ्चनपुर होटल व्यवसायी सङ्घका अध्यक्ष रामचन्द्र रेग्मीले निजी क्षेत्र -याफटिङ सञ्चालन र पर्यटन प्रवर्द्धनका लागि तयार रहेको बताउनुभयो ।

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीजका निवर्तमान अध्यक्ष शिव अधिकारीले महाकाली नदीमा -याफटिङको राम्रो सम्भावना रहेको बताउनुभयो । करिब २५ वर्षदेखि नेपालका ठूला नदीमा -याफटिङ व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँले कम जोखिम र सहज जलयात्रा रुचाउने पर्यटकका लागि महाकाली उपयुक्त नदी रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डले पनि -याफटिङ पर्यटनको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले -याफटिङ प्रवर्द्धन तथा आवश्यक पूर्वाधार निर्माणमा पालिकाले प्राथमिकता दिने बताउनुभयो ।

त्यस्तै दोधराचाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बूले पनि -याफटिङको विकास तथा प्रचारप्रसारका लागि पालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।  रासस