२४ भाद्र २०८३, बुधबार
,
Latest
राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ



अ+ अ-

काठमाडौँ। पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानून र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका सरकारहरूले युद्ध र सुरक्षासँग जोडिएका विषयमा भिडियो बनाउने, फोटो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमा शेयर गर्ने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको जानकारी दिनुभयो ।

अरूले बनाएका त्यस्ता सामग्री शेयर गर्नु पनि ती देशहरूमा गैरकानूनी मानिन्छ । पक्राउ परेकाहरूलाई त्यहाँको कानूनअनुसार ठूलो रकम जरिवाना हुने, लामो समय जेल बस्नुपर्ने र सजाय भुक्तान गरेपछि डिपोर्ट (देश निकाला) समेत हुनुपर्ने गम्भीर अवस्था रहेको मन्त्रालयले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘त्यहाँका सरकार र सुरक्षा निकायहरू आफ्ना नागरिक मात्र नभई सम्पूर्ण विदेशी नागरिकको सुरक्षाका लागि अहोरात्र खटिरहेका छन् । यस्तो बेला त्रास फैलाउने खालका कन्टेन्ट नबनाउन उनीहरूले एड्भाइजरी नै जारी गरेका छन् । यसका बाबजुद पनि ६ जना नेपालीहरू यस्तै कन्टेन्ट निर्माण र सेयर गरेका कारण पक्राउ पर्नुभएको छ ।’

मन्त्रालयले दुतावास र सञ्चारमाध्यममार्फत पटक–पटक सचेत गराउँदा पनि यस्ता घटना हुनु दुःखद् भएको बताउँदै त्यहाँको सरकारले गैरकानूनी मानेका कुनैपनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली श्रमिकहरूलाई विशेष अपिल गरेको छ । —न्युज एजेन्सी नेपाल