५ असार २०८३, शुक्रबार
,
Latest
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक सूचीमा नपरेपछि ज्ञानेन्द्र मल्लले भनेः व्यक्तिको होइन, देशको जित ठूलो हाे



अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्ने चर्चाका बिच अन्तिम सूचीमा आफ्नो नाम नपरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेका छन्।

मल्लले क्रिकेटबाट आफूले सिकेको एउटा महत्वपूर्ण पाठ स्मरण गर्दै लेखेका छन्, “मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन।” उनका अनुसार खेल व्यक्तिगत रेकर्डका लागि नभई टिमको जितका लागि खेलिन्छ।

उनले देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर काम गर्ने विश्वास व्यक्त गरेका छन्। साथै उनले नयाँ कार्यकालका लागि शुभकामना पनि दिएका छन्।

यस निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्ने सम्पूर्ण मतदाताप्रति उनले हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।

मल्लले आफू सदनमा रहोस् वा सडकमा, देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनका अनुसार अन्ततः व्यक्तिको हार–जितभन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो।