४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्ण रिसोर्टबारे नेकपाकै सांसद यसरी कड्किए



अ+ अ-

काठमाडौं । गोकर्ण रिसोर्टबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक खिमलाल भट्टराईले सदनलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले रिसोर्टसँगै नारायणहिटी दरबार अगाडि रहेको नेपाल ट्रष्टको जग्गालाई लिएर सरकारको आलोचना भइरहेको बताए । उनले भने, ‘आलोचना र विवादबाहिर आइसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ । त्यसैले सरकारको तर्फबाट यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’

सरकारले हालै मात्र यती समूहलाई गोकर्ण रिसोर्ट भएको जग्गा दिने सम्झौताको म्याद थप गरेको थियो । पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल टष्ट्रको कानून संशोधन गरेर यो निर्णय भएको हो । यस्तै नेपाल ट्रष्टमातहत रहेको दरबारमार्गको जग्गा पनि कौडीको भाउमा यती समूहलाई दिएको भन्दै आलोचना भएको छ ।