२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बग्दादस्थित अमेरिकी दुतावासमा ड्रोन आक्रमण



अ+ अ-

बग्दादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । जसमा हालसम्म कुनै हताहत भएको जानकारी प्राप्त नभएको एक सुरक्षा स्रोतले बताएको छ ।

इराकी गृह मन्त्रालयका एक स्रोतले नाम नबताउने शर्तमा बताएअनुसार बिहानै ग्रिन जोनमा रहेको दुतावासमा विष्फोटक पदार्थ जडित ड्रोनले आक्रमण गरेको थियो। हताहतको बारेमा तत्काल कुनै जानकारी उपलब्ध छैन र घटनास्थलबाट धुवाँ उडिरहेको देखिएको थियो ।

यो आक्रमण बग्दादको कर्राडा छिमेकमा रहेको आवासीय क्षेत्रमा करिव एक घण्टाअघि भएको अमेरिकी हवाई आक्रमण पछि भएको हो ।

उक्त हवाई आक्रमणमा इराकको अर्धसैनिक पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) का एक वरिष्ठ नेता र दुई सदस्य मारिएका थिए भने छिमेकी घरहरूमा रहेका पाँच सर्वसाधारण घाइते भएका थिए ।

इराकी संयुक्त अपरेसन कमाण्डको सेक्युरिटी मिडिया सेल (एसएमसी) ले सर्वसाधारणलाई लक्षित गर्ने र घना बस्ती भएका आवासीय क्षेत्रहरूमा आक्रमण गर्ने खतरनाक र अभूतपूर्व वृद्धिको निन्दा गरेको छ ।

एसएमसीले यसलाई मानव अधिकारमाथिको आक्रमण भनेको छ र यो कार्यलाई अन्तर्राष्ट्रिय रूपमा अपराधको रूपमा वर्गीकृत गरिनुपर्ने बताएको छ । मार्च ७ मा, बग्दादस्थित अमेरिकी दूतावासलाई रकेटहरूद्वारा लक्षित गरिएको थियो ।

विष्फोटको आवाज सुनिएको थियो । जसले यसको रक्षा प्रणालीहरू सक्रिय बनाएको थियो । विगत केही दिनहरूमा, दर्जनौं पीएमएफ सदस्यहरू आक्रमणहरूमा मारिएका छन् । जसको लागि समूहले अमेरिका–इजरायली अपरेसनहरूलाई दोष दिएको छ ।

फेब्रुअरी २८ बाट इरानमा शुरु भएको संयुक्त अमेरिका–इजरायली आक्रमणपछि बढेको तनावको बीचमा यी आक्रमणहरू भएका हुन् ।जसको जवाफमा इरान र यसका क्षेत्रीय सहयोगीहरूले मध्य पूर्वभरि इजरायली र अमेरिकी हितहरूमाथि आक्रमण गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल