२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त



अ+ अ-

काठमाडौँ।  मेडागास्करका राष्ट्रपति माइकल रान्ड्रियानिरिनाले आईतवार मामिटियाना राजोनारिसनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भवनमा भएको नियुक्ति समारोहमा रान्ड्रियानिरिनाले लामो समयदेखि भ्रष्टाचार विरोधी क्षेत्रमा काम गरेका राजोनारिसनको इमानदारी आफूलाई आवश्यक रहेको बताउनु भयो ।

राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीले राष्ट्रिय पुनर्निर्माण नीति कार्यान्वयन गर्ने र जतिसक्दो चाँडो ठोस परिणाम दिने जिम्मेवारीसहितको सरकार तत्काल गठन गर्ने अपेक्षा गरेको पनि जोड दिनुभयो ।

आफ्नो नियुक्ति अघि, राजोनारिसनले सम्पती शुद्धीकरण र आतंकवाद कोष विरुद्धको लडाईको प्रभारी राष्ट्रिय निकाय, मेडागास्करको वित्तीय खुफिया इकाईको महानिर्देशकको रूपमा काम गर्नुभएको थियो ।

रान्ड्रियानिरिनाले पूर्व प्रधानमन्त्री हेरिन्त्सालामा राजोनारिभेलोको नेतृत्वमा रहेको सरकार विघटन गरेको छ दिनपछि यो नियुक्ति भएको हो ।
सिन्ह्वा/ न्युज एजेन्सी नेपाल