२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट बैंकमा इजरायली सेनाद्वारा ४ प्यालेस्टाइनीको हत्या



अ+ अ-

काठमाडौँ। प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीकाअनुसार वेस्ट बैंकको तम्मुन शहरमा आईतवार बिहान इजरायली विशेष सुरक्षा बलले एउटा गाडीमा गोली चलाउँदा दुई बालबालिकासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

एक प्रेस विज्ञप्तिमा रेड क्रिसेन्टले जनाएअनुसार गोली प्रहार भएको गाडीबाट उनीहरूका उद्धारकर्मीहरूले चारै जना मृतकको शव निकालेका थिए ।

स्थानीय स्रोतकाअनुसार मृतकहरू एउटै परिवारका थिए । स्रोतले थप जानकारी दिएअनुसार इजरायली विशेष बलले शहरको एक टोलमा दुई युवालाई पछ्याइरहेको थियो र त्यसपछि त्यहाँबाट गइरहेको गाडीमा गोली चलाएको थियो ।

तम्मुन शहर र नजिकैको शहर तुबासका अन्य क्षेत्रहरूमा इजरायली सेनाले लगभग दैनिक रूपमा छापा मारिरहेको छ ।

इजरायलले वेस्ट बैंकमा हुने यस्ता कारबाहीहरूलाई प्रायः प्यालेस्टाइनी सशस्त्र समूहहरूसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरिएको ‘आतंकवाद विरोधी अभियान’ को रूपमा वर्णन गर्ने गर्दछ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल