२० भाद्र २०८३, शनिबार
,
Latest
दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको शानदार जित



अ+ अ-

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना फुटबल क्लबले सेभिल्ला फुटबल क्लबमाथि शानदार जित निकालेको छ।

आइतबार सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई ५–२ गोलले पराजित गरेको हो। आइतबार क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हाले ह्याट्रिक गर्दा ड्यानी ओल्मो र जाआओ कान्सेलोले १–१ गोल थपे । सेभियाका लागि ओसो र जिब्रिल सले १–१ गोल फर्काए ।

खेलको नवौं मिनेटमा राफिन्हाको पेनाल्टी गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । २१औँ मिनेटमा राफिन्हाले नै टोलीको अग्रता दोब्बर बनाए । यसपटक पनि उनले पेनाल्टी अवसर सदुपयोग गरे ।

ओल्मोले गोल गर्दा ३८औँ मिनेटमा बार्सिलोना ३–१ ले अगाडि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा ओसोले सेभियाका लागि पहिलो गोल फर्काए ।

राफिन्हाले ५१औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जारी सिजनको ला लिगामा राफिन्हाको यो पहिलो ह्याट्रिक हो । कान्सेलोले ६०औँ मिनेटमा गोल गर्दा बार्सिलोना ५–१ ले अगाडि बढ्यो ।

यो जितसँगै बार्सिलोनाले २८ खेलबाट ७० अंक पुर्‍याएको छ। बार्सिलोना तालिकाको शीर्ष स्थानमा रहँदै दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा चार अंकले अगाडि छ। यता समान २८ खेलबाट ३१ अंक जोडेको सेभिल्ला तालिकाको १६औं स्थानमा रहेको छ।