४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

शीतलहरमा जनतालाई कठ्याङ्ग्रिन नदिने

शीतलहरमा जनतालाई कठ्याङ्ग्रिन नदिने
अ+ अ-

लहान । बढ्दो चिसो र शीतलहरमा आफ्ना नागरिकलाई कठ्याङ्ग्रिन नदिने गरी तयारी अवस्थामा रहेको सिरहाका जनप्रतिनीधिले बताएका छन् ।

पछिल्लो केही दिनदेखि शीतलहरका कारण चिसो बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजनामा गोलबजारमा आयोजित सडक सुरक्षा र शीतलहरको समस्यासम्बन्धी अन्तक्रियामा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आफ्ना कुनै पनि जनतालाई जाडोमा कठ्याङ्ग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

चिसोबाट जोगाउन आश्यक ठाउँमा आगो ताप्ने व्यवस्थासँगै न्यानो लुगा वितरणलगायतका कार्यका लागि पनि आफूहरु तयार रहेकोसमेत जनप्रतिनिधिहरुले बताएका छन् । लहान नगपालिकाका प्रमुख मुनि साहले आफूहरुले गाउँ टोल तथा सार्वजनिक ठाउँमा दाउरा वितरण गरेको र जाडोको अवस्था हेरेर न्यानो कपडा पनि जोहो गरिराखेको जानकारी दिनुभयो ।

गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले जाडोबाट जोगाउन आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिनुहुँदै जाडोबाट जोगिन न्यानो कपडाहरुको व्यवस्था गरिरहेको बताउनुभयो । सिरहा नगरपालिकाका प्रमुख डा नमिताकुमारी यादवले नगरले केही ठाउँहरुमा दाउरा वितरण, कमम्बल वितरण गरेको जनाकारी दिनुभयो ।

स्थानीय जनताको आवश्यकता हेरी उहाँहरुलाई नगरपालिका र आफ्नो व्यक्तिगत तवरले पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शीतलहरलाई मध्यनजरगर्दै स्थानीय तहहरुलाई जनतालाई राहत पु¥याउन तयार रहन निर्देशन दिनुभयो ।

शीतलहरकै कारण कुनै जनताले दुःख झेलेको, कुनै हानी नोक्सानी नहोस् भन्दै त्यसका लागि सतर्क रहन स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, मातहतका सरोकारबाला निकायलाई प्रमुख जिल्ला अधिकारी अधिकारीले निर्देशन दिनुभयो ।

अघिल्लो वर्ष शीतलहरका कारण मृत्युसमेत भएकाले यसवर्ष समयमै पूर्वतयारी गर्नुपर्नेमा उहाँको जोड थियो । विगत एकसातादेखि चलेको शीतलहर र चिसोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ ।

यस्तै विगत केही दिनयताको अत्यधिक चिसो र शीतलहरबाट प्रभावित सिरहाको विष्णुपुर गाउँपालिका र सुखीपुर नगरपालिकाका वृद्धवृद्धालाई सिरक र कम्बल वितरण गरिएको छ ।

सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न वडाका १५ वृद्धवृद्धालाई कम्बल वितरण गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुर, विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव र सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले वृद्धवृद्धालाई कम्बल वितरण गर्नुभयो ।

यसैगरी इलाका प्रहरी कार्यालय सुखीपुरले चिसोबाट प्रभाबित सुखीपुर नगरपालिका–८ निवासी सुर्जा मण्डल र ८० वर्षीया जगिया मण्डललाई एक थान सिरक र एक थान कम्बल वितरण गरेको हो । मङ्सिरको अन्तिम साताबाट बढ्को अत्यधिक चिसो र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ ।