८ आश्विन २०८१, मंगलवार
,
Latest
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन १२० चिनिया पक्राउ परे, गिरोहलाई पक्राउ गर्न चिनिया दूतावास नै सक्रिय



अ+ अ-

काठमाडौं । पर्यटक भिसामा नेपाल प्रवेश गरेर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका चिनियाँ अपराधीको ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले सोमबार राजधानीका मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट एकै दिन १ सय २० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नेपाल प्रहरीले चिनियाँ अधिकारीसमेतको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सोमबार थालेको कारबाहीमा समेत नेपालस्थित चिनियाँ दूतावासको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ । फिलिपिन्समा यस्तै प्रकृतीको अपराधमा संलग्न ६ सय १ जना चिनियाँ नागरिक केही दिनअघि पक्राउ परेका थिए । यस्तै कम्बोडिया, भियतनाम, लाओस, इण्डोनेसिया र मलेसियालगायत देशमा समेत यस्तै प्रकृतिको अपराध बढेपछि चीन सरकारको अनुरोधमा कारबाही अघि बढेको थियो । त्यहाँबाट भागेको समूह नेपालमा सक्रिय रहेको सूचनापछि दूतावासको आग्रहमा कारबाही सुरु गरिएको स्रोत बताउँछ ।

प्रहरीका अनुसार काठमाडौंबाट पक्राउ परेकाहरुले घर नै भाडामा लिएर व्यवस्थित रूपमा कार्यालय नै खोलेर अवैध गतिविधि सञ्चालन गरिरहेको सूचना प्रहरीले पाएको थियो । सो आधारमा प्रहरीले संयुक्त टोली बनाएरै चिनियाँ नागरिकको ठूलो समूहलाई पक्राउ गरेको हो । नेपाल बसेर इन्टरनेटका माध्यमबाट चीन र नेपाल दुवैतर्फ आर्थिक अपराधका घटना घटाइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपाल बसेर विभिन्न किसिमका आपराधिक क्रियाकलाप गर्दै आएका १ सय २० जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको बताए । ‘पक्राउ परेकाहरू इन्टरनेटमार्फत आर्थिक अपराधका घटनामा संलग्न रहेको पाइएको छ, एउटै घरमा २५ देखि ३० जनासम्म बसेर काम गरिरहेका उनीहरू चीन र नेपालमा विभिन्न किसिमका आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ काठमाडौं परिसर प्रमुख सुवेदीले भने ।

पक्राउ परेकाहरूका साथबाट ४ सय बढी ल्यापटप, मोबाइल फोन, सिम कार्डलगायतका सामान बरामद भएको छ । विदेशमा समेत उनीहरूले काठमाडौंबाटै साइबर अपराध गर्ने गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो । महानगरीय अपराध महाशाखा टेकुका प्रमुख एसएसपी सहकुल थापाले पक्राउ परेकाहरू एउटै देशबाट आएको पाइएको र नेपाल प्रवेश गरेर घर नै भाडामा लिई शंकास्पद गतिविधि सञ्चालन गरिरहेको पाइएको जानकारी दिए । पक्राउ परेकाहरूलाई काठमाडौं प्रहरी मातहतका विभिन्न वृत्त र प्रभागमा राखेर अनुसन्धान थालिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकारीले उनीहरू वित्तीय ठगी गर्न नेपाल प्रवेश गरेको पाइएको र उनीहरूको साथबाट बरामद ल्यापटप तथा मोबाइलको वैज्ञानिक अनुसन्धानपछि थप कुरा खुल्ने बताए । यसअघि बैंक ह्याकिङ प्रकरणमा संलग्न आठ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू दरबारमार्गस्थित नबिल बैंक, प्रभु बैंकलगायतका एटीएमबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

यसैगरी, लागूऔषध कारोबारमा समेत विदेशीहरू नेपालमा उल्लेख्य रूपमा पक्राउ पर्ने गरेका छन्। नेपालमा लागूऔषधको कारोबारमा पक्राउ पर्ने विदेशीहरूमा म्यानमार, जाम्भिया, नाइजेरियालगायत दक्षिण अफ्रिकी मुलुकसहित छिमेकी मुलुक चीन, बंगलादेश, पाकिस्तानसहित सबैभन्दा बढी भारतीय रहने गरेका छन् । राजधानी दैनिकबाट