३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा ट्याक्टरको ठक्करमा मृत्यु



अ+ अ-

काठमाडाैँ । सुनसरीकाे हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए।

अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उनले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।