११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नारायणी नदीमा चल्नेभयो पानीजहाज, सफल परीक्षण गरियो

नारायणी नदीमा चल्नेभयो पानीजहाज, सफल परीक्षण गरियो
अ अ+ अ-

चितवन । चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी पानी जहाज) सफल परीक्षण गरिएको हो । निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण सफल भएको छ ।

निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कँडेलले जानकारी दिए । नारायणगढ बजारबाट करिब छ किलोमिटर दक्षिण पश्चिममा रहेको काभ्रेघाटबाट नारायणी नदीमा परीक्षण गरिएको हो । एक किलोमिटर जति सञ्चालन गरेका थियौँ, कँडेलले भने, हामी सफल भएका छौं, अब बुधबार केही किलोमिटर परीक्षण गर्दैछौँ । तीन तला रहेको जहाजको सुन्दरता दिने काम बाँकी रहेको छ । दुई सय जना अट्ने क्षमता रहेको जहाजमा कुर्सी राख्ने, कार्पेट, रङरोगन गर्ने, पानी ट्याङ्की, बिजुली जडानलगायतको काम बाँकी रहेको प्रबन्धनिर्देशक कँडेलले जानकारी दिए।

दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरेका थियौँ, डिजाइनमा केही परिवर्तन गर्नुपर्ने र निर्माणको क्रममा ढिलाइ भएकाले सकेनौँ, उनले भने, सकेसम्म जनवरी महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । जहाज चल्ने क्षेत्र काभ्रेघाटदेखि देवघाटसम्म करिब २५ किलोमिटरको दूरीमा सफल परीक्षण गरेपछि मात्र उद्घाटन गर्ने छौँ, उनले भने । अहिले हतार गरेर घोषणा गर्दैनौँ हामी निर्माणको क्रममा छौँ, केही समस्या आएमा त्यसलाई समाधान गर्नेतर्फ लाग्नुपर्दछ उनले भने । जहाज चल्ने क्षेत्रमा रहेका अवरोध हटाउने काम भएको छ, अन्य कुनै समस्या भए त्यसको समाधान गर्नुपर्दछ, जहाजको सुन्दरता, यसको मापदण्ड सबै पूरा भएपछि मात्र उद्घाटनको मिति घोषणा गर्नेछौँ, कँडेलले भने ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन उक्त क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् । निर्माण कम्पनीका अनुसार क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थपिएको छ । पहिलाभन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको कम्पनीको भनाइ छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको सो मिनी पानीजहाजको निर्माण २०७५ बाट थालिएको हो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोडमाथि पुग्ने प्रबन्धनिर्देशक कँडेलले जानकारी दिए ।

क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ । क्रुज यात्रा सुरक्षित बनाउन दुईवटा इञ्जिन राखिएको छ । दुवै इञ्जिन एकैपटक चल्दैनन् । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी ग्राडुअर मरिन इन्टरनेसनलका प्रमुख सञ्चालक जिओजी सेवाइस्टनले क्रुजमा शक्तिशाली इञ्जिन राखिएकाले ढुक्कसँग यात्रा गर्न सकिने बताए ।

क्रुजको तल्लो तलामा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ । क्रुज सिप तीन जनाले चलाउने व्यवस्था गरिएको छ । अहिलेलाई चालक र प्राविधिक हाल विदेशी हुनेछन् । पछि नेपाली प्राविधिकले नै सञ्चालन गर्ने योजना छ । क्रुज राख्नका लागि १५ फिट गहिरो पार्किङ स्टेसन निर्माण गरिएको छ । गोरखापत्र दैनिकबाट