५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक सांसद सिफारिस गर्न रास्वपाको बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको प्रवक्ता झाले जारी गरेको सूचनामा भनिएको छ ।

यद्यपि यो बैठक हिजो शनिबारका लागि तय भएको थियो । तर पार्टी सभापति लामिछाने अस्वस्थ भएपछि सो बैठक आजका लागि सारिएको हो ।

बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।

रास्वपाले समानुपातिक तर्फ ५७ स्थान प्राप्त गरेको छ । पार्टीले प्रत्यक्ष तर्फ १२५ स्थान जितेर प्रतिनिधिसभामा दुई तिहाई नजिक रहेको छ ।

नेकपा एमाले र श्रम संस्कृति पार्टीले भने शनिबार नै समानुपातिक तर्फको नाम सिफारिस गरिसकेका छन् ।