११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सहमति नभए पेलेरै जाने पक्षमा कांग्रेस संस्थापन

सहमति नभए पेलेरै जाने पक्षमा कांग्रेस संस्थापन
अ अ+ अ-

पौडेल–सिटौला समूहले नमान्ने:कांग्रेस संस्थापन पक्ष सहमति नभए केन्द्रीय समितिमा प्रस्तुत गरिएका विषयलाई बहुमतबाट निर्णय गरेर जाने भएको छ । अझै तीन दिनसम्म सहमतिका लागि प्रयास गर्ने, तर नजुटे पेलेरै जाने मनस्थितिमा संस्थापन शेरबहादुर देउवा पक्ष पुगेको छ ।१४औँ महाधिवेशनको कार्यतालिका, विधानअनुसार २८ विभाग, क्रियाशील सदस्यताको विवरण सार्वजनिकको विषय, नेविसंघ र तरुण दलमा अर्को पक्षले भागबन्डा खोजे पनि अझै सहमति भएको छैन ।

झन्डै दुई साताअघि वार्ता टोली बनाएर विभिन्न चरणमा छलफल हुँदै आएको छ । सहमति जुटाउन भन्दै केन्द्रीय समिति बैठक दुई दिनसम्म बसेर तीनपटकसम्म स्थगित हुँदै आएको छ । ‘सहमतिबाटै अघि बढ्न पटकपटक बैठक स्थगित हुँदै आएको छ । यसका लागि १० पुसमा पुनः केन्द्रीय समिति बैठक बोलाइएको छ,’ सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘अब १० पुससम्म पनि सहमति नहुने हो भने निर्णय गरेर जाने भन्ने भएको छ ।’ २६ मंसिरमा सुरु भएको केन्द्रीय समिति बैठकमा पौडेल पक्षको बहिष्कारबीच पार्टी संरचनाको समायोजन, विभागको संख्या थपसहितका विषय प्रस्तावित भएका थिए ।

आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने माग: पौडेल र सिटौला समूहले मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने अडान राख्दै आएका छन् । तर, संस्थापन पक्ष २० फागुन २०७७ सम्म १४औँ महाधिवेशनको कार्यतालिका ल्याउन तयार छ । फागुनमा महाधिवेशनको मिति राख्दा पुनः सर्ने आशंका साथ सिटौला पक्षको दबाबपछि पौडेल पक्ष मंसिरकै अडान लिने निर्णयमा पुगेको छ । सोमबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा सम्पन्न भेलाले महाधिवेशन २०७७ मंसिरमै गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाउने निर्णय गरेको थियो ।

‘अहिले पनि समायोजन कात्तिकमा गर्ने भनेर सकिएन । क्रियाशील सदस्यताको विवादले फागुनमा गर्ने भनिए पनि महाधिवेशन गर्न गाह्रो हुन्छ भन्ने भयो,’ भेलामा सहभागी नेता कल्याण गुरुङले भने, ‘संस्थापनले भनेको फागुनमा महाधिवेशन गर्न लाग्ने हो भने फेरि पनि अर्को ६ महिना थप्ने बहाना उनीहरूलाई हुन्छ । त्यसैले मंसिर मसान्तसम्म भए पनि महाधिवेशन गर्नुपर्छ भन्ने विषयमा अडान लिने भन्ने भएको छ ।’

सिटौला पक्षको दबाब: सिटौला पक्षबाट छलफलमा पुगेका युवा नेताद्वय गगन थापा र प्रदीप पौडेलले ०७७ फागुनमा महाधिवेशन गर्न सहमति दिँदा फेरि ६ महिना थप्ने वातावरण संस्थापनलाई हुने भन्दै मंसिरमै गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाएका थिए । ४० प्रतिशतले महाधिवेशन नजित्ने भन्दै उनीहरूले पौडेल पक्षलाई एकलौटी ढंगमा अघि नबढ्न चेतावनी दिए । ‘महाधिवेशनमा जित्न ४० प्रतिशत भागबन्डाले पुग्दैन ।

तर, तपाईंहरू सभापतिसँग ४० प्रतिशतको भागबन्डा खोज्दै हुनुहुन्छ, आफू मात्रै बसेर वार्ता समिति बनाउनुहुन्छ, सिटौला हामीसँग होइन भन्नुहुन्छ,’ थापा र पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तोमा सभापतिलाई झन् सहज हुने गरी जाने वातावरण नबनाऔँ । महाधिवेशनको कार्यतालिका, भ्रातृसंस्था र विभागका विषयमा विधिसम्मत अघि बढ्न दबाब दिऔँ ।’ विधानअनुसार अघि नबढ्दा सभापति दबाबमा परेको भन्दै उनीहरूले संस्थापनलाई झुकाउने गरी अघि बढ्नुपर्ने सुझाब दिए ।

नेविसंघमा ३२ वर्षे उमेरहद लगाउनैपर्ने, विभाग २८ वटै बनाउन दबाब दिनुपर्ने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । उनीहरूको आग्रहपछि संस्थापनइतर पक्षले तरुण दलको म्याद थप्न नहुने, नेविसंघ ३२ वर्षमुनिको गठन गर्नुपर्ने, क्रियाशील सदस्य छानबिन समिति गठन गर्नुपर्ने, महाधिवेशनको मुखमा विभाग आवश्यक नभए पनि गठन गर्नै परेमा विधानअनुसार २८ वटा मात्रै गर्ने गरी छलफल गर्न वार्ता टोलीलाई जिम्मा दिएको छ ।

संस्थापन पक्षले भने फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने, विभाग ४१ वटै गठन गर्ने, नेविसंघ र तरुण दलमा बहुमत सदस्य राखेर गठन गर्ने अडान लिँदै आएको छ । नयाँ पत्रिका दैनिकबाट