११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै

उपत्यकामा ठूला ताल सहितका स्मार्ट सिटी बन्दै
अ अ+ अ-

काठमाडौँ । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । बाँकी एउटा ‘स्मार्ट सिटी’को डीपीआरको मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा छ । भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले दिए ।

काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को डीपीआर मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा रहेको छ । डीपीआरको मस्यौदा प्राधिकरणलाई प्राप्त भइसकेको छ । “माघ महिनाभित्र ‘काठमाडौँ उत्तर’को पनि डीपीआर तयार भइसक्ने छ,” प्राधिकरण प्रमुख तिवारीले भने, “डीपीआरलाई काठमाडौँ उपत्यका भौतिक विकास समितिले अनुमोदन गरेपछि अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिने छ । मन्त्रिपरिषद्को निर्णयपछि यो आयोजनाबारे राजपत्रमा सूचना प्रकाशित हुन्छ र जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढ्छ ।”

सबभन्दा ठूला स्मार्ट सिटीका लागि ग्लोबल बोलपत्र आह्वान गर्नुपर्छ भने बाँकी तीन सिटीका लागि राष्ट्रिय कम्पनीले निर्माणको जिम्मा पाउने गरी बोलपत्र आह्वान गरिने प्राधिकरणले जनाएको छ । भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म (पूर्व–उत्तर) ‘काठमाडौँ इशान’ स्मार्ट सिटी निर्माण गर्ने गरिएको बताउँदै प्राधिकरण प्रमुख तिवारीले भने, “त्यसैगरी भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म (पूर्व–दक्षिण) ‘काठमाडौँ आग्नेय’, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म (दक्षिण–पश्चिम) ‘काठमाडौँ नैऋत्य’ र काठमाडौँको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको छ ।

‘काठमाडौँ इशान’को डीपीआर निर्माण फिनल्यान्डको हेलेन एन्ड कम्पनी र जेके एसोसिएट्स (जेभी)ले गरेको हो । त्यसैगरी ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ नैऋत्य’को डीपीआर नेपाली कम्पनी ईएमआरसी र फुलब्राइट कन्सल्टेन्सीले गरेको थियो भने ‘काठमाडौँ उत्तर’को डीपीआर नेपाली कम्पनी टेक कन्सल्ट्यान्टले गरिरहेका छन् । ‘काठमाडौँ इशान’को १० करोड र अन्यको दुई/दुई करोड रुपियाँ लागतमा डीपीआर निर्माण गरिएको हो । डीपीआरअनुसार सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इशान’को कुल निर्माण लागत चार खर्ब रुपियाँ हुनेछ भने अन्य तीनवटाको कुल निर्माण लागत ४०/४० अर्ब रुपियाँ प्रस्ताव गरिएको छ ।

त्यसैगरी काम सुरु भएको मितिले ठूलो स्मार्ट सिटीको निर्माण अवधि पाँच वर्ष र बाँकीको तीन वर्षको हुनेछ । सबभन्दा ठूलो स्मार्ट सिटीका रूपमा प्रस्तावित ‘काठमाडौँ इशान’को क्षेत्रफल एक लाख रोपनीको र बाँकी तीनवटाको क्षेत्रफल दस/दस हजार रोपनीको हुने छ । यस सिटीभित्र एक लाख रोपनीमध्ये करिब ५४ हजार रोपनीमा मात्र ‘ल्यान्ड पुलिङ’मार्फत जग्गा अधिग्रहण गरी सहरको ‘प्लानिङ’ गरिने छ ।

अन्य भागमा वनजङ्गल रहेका छन्, विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, पुराना बस्ती बोडे र ठिमी यसै स्मार्ट सिटीअन्तर्गत पर्नेछन् । त्यसैगरी प्रस्तावित स्मार्ट सिटीको कुल क्षेत्रफलको २० प्रतिशतमा सडक पूर्वाधार, १० प्रतिशतमा अन्य पूर्वाधार निर्माण तथा सिटीको कुल क्षेत्रफलको पाँच प्रतिशत खुला ठाउँ रहने प्राधिकरणले जनाएको छ ।

सिंहदरबारभन्दा ठूला ताल बन्ने: प्राधिकरण प्रमुख तिवारीले भने, “सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इशान’मा सातवटा पोखरी निर्माण गरिने छ, जसमध्ये दुईवटालाई तालका रूपमा विकास गरिने छ । ती तालको क्षेत्रफल सिंहदरबारभन्दा ठूलो हुनेछ । प्रस्तावित स्मार्ट सिटी क्षेत्रका अहिले भएका पुराना घरहरू, सम्पदाहरू जोगाइने छ भने खाली ठाउँमा मात्र सहरको ‘प्लानिङ’ गरिने छ ।” त्यसैगरी स्मार्ट सिटी क्षेत्रमा कलकारखाना र उद्योग स्थापना गर्न पाइने छैन ।

निजी घर हटाउनै परेको अवस्थामा उचित क्षतिपूर्ति दिएर मात्र हटाइने उनले स्पष्ट पारे ।
२०७४ साल वैशाख २४ गते बसेको काठमाडौँ उपत्यका विकास प्राधिकरणको बैठकले काठमाडौँ उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो । गोरखापत्र दैनिकबाट