११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नेकपा स्थायी समिति बैठकको समीक्षा, ओली–प्रचण्डबीच दुई घन्टा छलफल

नेकपा स्थायी समिति बैठकको समीक्षा, ओली–प्रचण्डबीच दुई घन्टा छलफल
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आइतबार सम्पन्न चौथो स्थायी समिति बैठकको समीक्षा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार ओली र प्रचण्डले स्थायी समिति बैठकको समीक्षा गरेका हुन् । उनीहरूले दुई घन्टा बैठकको निर्णयमा केन्द्रित रहेर छलफल गरेका छन् । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक सञ्चालन, बैठकमा भएको छलफल र निर्णयहरूबारे जानकारी गराउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले पार्टी कार्यालय, धुम्बाराहीमा सम्पन्न बैठकमा सहभागी भएनन् । बैठकअवधिभर प्रचण्डले अर्का अध्यक्ष ओलीलाई नियमित ब्रिफिङ र परामर्श गर्दै आएका थिए । बैठक सम्पन्न भएलगत्तै प्रचण्डले पुनः ओलीलाई भेटेर ब्रिफिङ गरेका हुन् । २९ मंसिरबाट सुरु भएको नेकपाको चौथो स्थायी समिति बैठक ६ पुसमा पाँचबुँदे निर्णय र चारबुँदे समसामायिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको थियो ।

बैठकले अध्यक्ष ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नुका साथै एमसिसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) सम्झौताका सम्बन्धमा सचिवालयबाट निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । एक वर्षपछि बसेको स्थायी समिति बैठकमा नेताहरूले प्रस्तावित एजेन्डामा छलफल गरेको र सर्वसम्मत निर्णय भएकाले बैठकले पार्टी एकतालाई बलियो बनाउन योगदान पुगेको दुई अध्यक्षले निष्कर्ष निकालेका छन् । त्यस्तै, उनीहरूबीच २३ पुसमा बोलाइएको केन्द्रीय कमिटी बैठकबारे समेत छलफल भएको स्रोतले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट