१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अमेरिकी सैन्य विमान इराकमा दुर्घटना, कम्तीमा छ जनाको मृत्यु

अमेरिकी सैन्य विमान इराकमा दुर्घटना, कम्तीमा छ जनाको मृत्यु
अ अ+ अ-

वासिङ्टन। अमेरिकी ‘सेन्ट्रल कमान्ड’ले अमेरिकी सेनाको एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनामा पर्दा चालकदलका सबै छ जनाको मृत्यु भएको जनाएको छ ।

उक्त घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट कुनै पनि गोलाबारीको संलग्नता भएको नदेखिएको बताइएको छ ।

यो विमान इरानविरुद्ध अमेरिकाले जारी राखेको आक्रमणमा प्रयोग गरिएको थियो । यस घटनामा दुईवटा विमान संलग्न रहेको र दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको बताइएको छ।

युद्धका बेला आकाशमै अन्य विमानमा तेल भर्न प्रयोग गरिने ‘युएस केसी १३५’ विमानका चालक दलका छ सदस्यको मृत्यु भएसँगै अहिलेसम्म इरानी आक्रमणमा परी ज्यान गुमाउने अमेरिकी अधिकारीको सङ्ख्या १३ पुगेको पेन्टागनले पुष्टि गरेको छ।

मध्यपूर्वमा अमेरिकी सेनाको जिम्मेवारी सम्हालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक पोस्टमा भनेको छ, “पश्चिमी इराकमा खसेको युएस केसी–१३५ विमानमा सवार चालक दलका सबै छ सदस्यको मृत्यु भएको पुष्टि भएको छ ।”

सेन्टकमले पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, “विमान शत्रुको निशाना वा आफ्नै समूहको गलत निशानाका कारण दुर्घटना भएको कुनै सङ्केत भेटिएको छैन । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ।”

यसअघि, इरानी सेनाले दुर्घटनामा आफ्नो संलग्नता पुस्टी गर्दै इराकस्थित सहयोगी समूहले क्षेप्यास्त्र प्रहार गरी विमान खसालेको र त्यसका चालक दलका सबै सदस्यको मृत्यु भएको उल्लेख गरेको थियो ।

इरान समर्थित इराकी समूहहरूको एक खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले केसी–१३५ लाई खसालेको दाबी गरेको छ । उनीहरूले भागेको अर्को विमानलाई पनि निशाना बनाएको बताएका छन्।

मध्यपूर्व युद्धको सुरुवातदेखि नै गठबन्धनले इराक र यस क्षेत्रमा अमेरिकी चासोमाथि दैनिक आक्रमण भएको दाबी गर्दै आएको छ, तर यसले विरलै आफ्नो लक्ष्यको नाम दिन्छ।

कुवेतमा मैत्रीपूर्ण आक्रमणबाट तीन एफ–१५ विमान खसालेपछि युद्धका क्रममा गुमेकोे केसी–१३५ कम्तीमा चौथो अमेरिकी सैन्य विमान हो ।
(रासस/एएफपी)