१४ श्रावण २०८३, बिहीबार
,
Latest
माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा



अ+ अ-

काठमाडौँ। नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैत ५ र ६ गते काठमाडौँमा हुने भएको छ ।

महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन आयोजक समिति संयोजक गेल्जे लामा शेर्पाले सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार महाधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन समारोह हुने र चैत ६ गते स्वयम्भू स्टार ब्याङ्क्वेटमा बन्दसत्र सञ्चालन हुनेछ ।

“प्राकृतिक स्रोत जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर” भन्ने महाधिवेशनको मूल नारा रहने आयोजकले जनाएको छ । रासस




भर्खरै