काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ। सरकारमा रहेका उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले राजिनामा दिएका हुन् ।
यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन् भने समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन्।