२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत



अ+ अ-

कास्की। पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय एकदिवसीय छनोट प्रतियोगिता सुरु भएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा रोहित चन्दको शतकमा कास्कीले बागलुङलाई २५४ रनले पराजित ग¥यो ।

खेलमा पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३२६ रनको विशाल योगफल बनायो । टोलीका लागि रोहित चन्दले १३० बलमा १२ चौका र ६ छक्काको सहयोगमा १३१ रनको उत्कृष्ट पारी खेले ।

मुस्कान थापाले ९१ बलमा ११ चौका र तीन छक्कासहित ९३ रन बनाए । अर्जुन कुमालले ३२ रन बनाए भने सफल श्रेष्ठ १६ रन र कृष्ण पौडेल २१ रनमा अविजित रहँदै टोलीलाई मजबुत स्कोरसम्म पु¥याए ।

बागलुङका लागि अश्विन थापाले दुई विकेट लिए भने कुशल खड्का र विश्व कार्कीले समान एक÷एक विकेट लिए ।

जितका लागि ३२७ रनको विशाल लक्ष्य पछ्याएको बागलुङ २३ दशमलव दुई ओभरमा ७२ रनमै अलआउट भयो । टोलीका लागि आरस तामाङले २३ रन बनाए ।

कास्कीका लागि विश्वास पराजुलीले चार विकेट लिए भने सुवास भण्डारी र विपिन खत्रीले समान दुई÷दुई विकेट लिए । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी चैत ३ गतेसम्म पोखरा रङ्गशालाको क्रिकेट मैदान र लेखनाथस्थित इडन हेभेन क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वत गरी गण्डकी प्रदेशका छ जिल्लाबीच प्रतिस्पर्धा हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । प्रतियोगिताबाट उत्कृष्ट २४ जना खेलाडी छनोट गरी उनीहरूलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले छनोट प्रतियोगिताले प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीलाई राष्ट्रियस्तरमा पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो ।

मन्त्री थापाले क्रिकेट आज नेपाली युवाको सबैभन्दा लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसले युवामा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । रासस