१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने

हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने
अ अ+ अ-

काठमाडौं। हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौं ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ ।

विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

आयोजक हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडे कमिसन फर वुमेन्स चेससँगको पार्टनरसिपमा मार्च महिनामा विश्वभरि प्रतियोगिता भइरहेको छ ।

त्यसै अन्तर्गत नेपालको एकमात्र प्रतियोगिता हामी आयोजना गर्दैछौं । चेसमा नयाँलाई अवसर दिन अनरेटेड खेलाडीको उत्सवको रुपमा सञ्चालन हुने एक दिने प्रतियोगितामा करिब एक सय खेलाडी सहभागि हुनेछन् ।’ विहीबारसम्म ५० खेलाडी दर्ता भइसकेको पनि उनले बताइन् ।

नेपालमा महिला खेलाडीले मात्रै सहभागी हुन पाउने तेस्रो प्रतियोगिता आयोजनाको लागि एकेडेमीले प्रप्स नेपालसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा एकेडेमीकी संस्थापक खम्बू र प्रप्स नेपालकी प्रमुख दीपा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

श्रेष्ठले भनिन्, ‘नेपालमा महिला चेसलाई उत्सवको रुपमा मनाउने प्रयासमा मूर्तरुप दिन हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेका छौं । हामी क्वीन्स ग्याम्बिटलाई भव्य बनाउनेछौं ।’

गत वर्ष आयोजित पहिलो संस्करणमा पाँच वर्षदेखि ६७ वर्षसम्मका एक सय ४२ अनरेटेड खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जुन संख्या नेपाली महिला चेसकै कीर्तिमान हो ।

यसपाली शीर्ष आठसँगै यू ७, यू १०, यू १३ यू १६ र ५० वर्षमाथि उमेर समूहका विजेतालाई पनि पुरस्कार दिइने छ । उत्कृष्ट तीन स्कुल र पाँच खेलाडीलाई स्पेसर अवार्ड्स पनि प्रदान गरिनेछ ।

शनिबार (१४ मार्च) मा दोस्रो बार्षिकोत्सव मनाउने तयारीमा रहेको देशकै पहिलो चेस एकेडेमीले ब्लिट्ज, र्यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १३ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।

एकेडेमीले काठमाडौं ११ थापाथलीस्थित आफ्नै हलमा फिडे मास्टर रिजेन्द्र राजभाण्डारी, इन्टरनेसनल मास्टर अतनु लहिरी (कमनवेल्थ चेस च्याम्पियन), याइशाष यासिर खम्बूसहितले चार वर्षदेखिका बालबालिकासहितलाई नियमित प्रशिक्षण दिदै आएको छ ।

उसले इभेन्ट म्यानेजमेन्टसँगै अनलाइन क्लास पनि सञ्चालन गरिरहेको छ ।